व्याकरण
हिज्जे र उच्चारण · वाक्य · नाम · निर्धारक · सर्वनाम · विशेषण · क्रियाविशेषण · क्रियापद · सम्बन्ध कारक · संयोजक · प्रश्न · उपवाक्य · गणनाक्रम · शब्दरचना · सङ्क्षेपक चिह्न · लेख्य चिह्न

विशेषण

नामको अर्थको रूपान्तरण गर्ने शब्दलाई विशेषण भनिन्छ । सामान्य विशेषणले नामको गुण, दोष, सङ्ख्या, मात्रा आदि विशेषता बुझाउँछ ।

एलेफेनमा सङ्ख्या वा लिङ्गलाई बुझाउनका लागि विशेषणको रूपमा कुनै परिवर्तन हुँदैन ।

अवस्थिति

सामान्यतया विशेषणलाई त्यसले रूपान्तरण गर्ने नामको पछाडि प्रयोग गरिन्छ । यद्यपि, bon (“राम्रो”) र mal (“नराम्रो”) लाई ती आफैँ अन्य विशेषणद्वारा रूपान्तरित नभएसम्म नामको अगाडि नै प्रयोग गरिन्छ :

सामान्यतया नामको पछाडि एकभन्दा बढी विशेषणको प्रयोग गर्दा पनि वाक्यको अर्थ स्पष्ट नै रहन्छ । यद्यपि, कहिलेकाहीँ कोही कुनै एक विशेषणलाई आगामी विशेषणको विशेषता जनाउने क्रियाविशेषणसँग भ्रमित हुन सक्छ । त्यसैले स्पष्टताका लागि विशेषणको बिचमा e को प्रयोग गर्न सकिन्छ :

कहिलेकाहीँ, विशेष गरेर काव्य तथा साहित्यमा अथवा उस्तै किसिमका दुइटा विशेषणको प्रयोग हुँदा, विशेषणलाई नामको अगाडि प्रयोग गर्न सकिन्छ :

Bela, fea, nova, vea, grandepeti जस्ता छोटा विशेषणलाई नामको अगाडि प्रयोग गरेको राम्रो मानिन्छ ।

तुलना

Plu (“धेरै”) र min (“थोरै”) क्रियाविशेषणहरूको प्रयोग गरी तुलनात्मक विशेषणको रचना गर्न सकिन्छ । तुलनात्मक रूपमा “भन्दा” लाई ca भनिन्छ :

La plu (“अधिकतम”) र la min (“न्यूनतम”) क्रियाविशेषणहरूको प्रयोग गरी अतिशयोक्ति विशेषणको रचना गर्न सकिन्छ :

अतिशयोक्ति विशेषणका साथमा क्रमसूचक सङ्ख्याको प्रयोग गर्न सकिन्छ :

उही स्तरका वस्तुबिच तुलना गर्दा tancomo… (“जति”) को प्रयोग गरिन्छ :

नामका रूपमा विशेषण

कुनै पनि विशेषणको स्वरूपमा कुनै फेरबदल नगरी नामको रूपमा प्रयोग गर्दा सो विशेषणको विशेषता भएको व्यक्ति वा वस्तुलाई बुझाउँछ । परिणामस्वरूप रचना गरिएको नामले सामान्य नामका नियमहरूको पालना गर्छ — त्यसलाई बहुवचन बनाउन -s प्रत्ययको प्रयोग गरिन्छ, त्यसको अगाडि निर्धारकको प्रयोग आवश्यक हुन्छ र त्यसलाई अन्य विशेषणद्वारा रूपान्तरित गर्न सकिन्छ :

Esta paje es presentada con la lisensa CC Attribution-Share Alike 4.0 International.
Lo ia es automatada jenerada de la paje corespondente en la Vici de Elefen a 29 febrero 2024 (16:03 UTC).