व्याकरण
हिज्जे र उच्चारण ·
वाक्य ·
नाम ·
निर्धारक ·
सर्वनाम ·
विशेषण ·
क्रियाविशेषण ·
क्रियापद ·
सम्बन्ध कारक ·
संयोजक ·
प्रश्न ·
उपवाक्य ·
गणनाक्रम ·
शब्दरचना ·
सङ्क्षेपक चिह्न ·
लेख्य चिह्न
सामान्य क्रियापदले कर्ताले गरेको काम (दौडनु, रोक्नु), घटेको घटना (उभिनु, पग्लनु) अथवा वस्तुको अवस्था वा स्थिति (हुनु, हराउनु) लाई बुझाउँछ । एलेफेनमा काल तथा भाव बुझाउनका लागि क्रियाको विकार हुँदैन । क्रियापदको परिवर्तन गर्नुको सट्टामा क्रियाविशेषणको प्रयोग गरिन्छ, विशेष गरी ia, va र ta को । कुनै पनि क्रियापदमा कुनै परिवर्तन नगरी त्यसलाई नामको रूपमा प्रयोग गर्न सकिन्छ ।
एलेफेनमा भविष्यत्काल जनाउनका लागि फ्रेन्च मूलको va र भूतकाल तथा पूर्ण वर्तमानकाल जनाउनका लागि चावाकानो मूलको ia क्रियाविशेषणको प्रयोग गरिन्छ । यी विशेष शब्द हुन् जसलाई क्रियापदको अगाडि राखिन्छ । सामान्य तथा अपूर्ण वर्तमानकाल जनाउन कुनै विशेष शब्दको प्रयोग गरिँदैन :
कथाहरूमा प्रायः वास्तविक वा काल्पनिक विगतका घटनाहरूको वर्णन गरिएको हुन्छ किंवा समयावधिको खास वास्ता हुँदैन । त्यस्ता स्थितिहरूमा ia को प्रयोग नगर्दा पनि हुन्छ ।
एलेफेनमा “मैले खाएँ”, “म खान्थेँ”, “मैले खाएको छु” र “मैले खाएको थिएँ” जस्ता कालका पूर्ण तथा अपूर्ण पक्षहरूमा फरक छुट्ट्याइँदैन । यद्यपि, ja (“पहिल्यै”) को प्रयोग गरी क्रियाका क्रमको स्पष्टीकरण गर्न सकिन्छ :
सामयिक क्रमको स्पष्टीकरणका लागि निम्न उपायहरू अपनाउन सकिन्छ :
एलेफेनमा सङ्केतार्थ वाक्यका लागि हाइतेली मूलको ta को प्रयोग गरिन्छ, जसले कुनै वाक्यमा बताइएको कुरा अवास्तविक, काल्पनिक वा इच्छित हो भन्ने कुरा जनाउँछ । Ta लगाइएको वाक्यले वैकल्पिक वास्तविकताको सङ्केत गर्छ । Si (“यदि”) रहेको उपवाक्यामा ta को प्रयोग त गरिँदैन तर गरे पनि फरक भने पर्दैन । त्यसो गर्दा va ले जनाउनेभन्दा कम सम्भव भविष्यको वर्णन हुन्छ । Ta लाई विनम्र अनुरोधका लागि पनि प्रयोग गर्न सकिन्छ । अन्य भाषामा ससर्त तथा सङ्केतार्थ भाव बुझाउनका लागि प्रयोग गरिने क्रियापद झैँ एलेफेनमा ta को प्रयोग गरिन्छ र सामान्यतया यसलाई नेपालीमा “हुन्थ्यो” को अर्थमा अनुवाद गरिन्छ :
सामान्यतया एउटा क्रियापदसँग va, ia र ta मध्ये एउटा मात्र क्रियाविशेषणको प्रयोग गर्न सकिन्छ । यस नियमको एक मात्र अपवाद ia ta हो, जसलाई रोमान्स भाषाहरूमा झैँ भूतकालीन ससर्त वाक्यको अर्थमा प्रयोग गरिन्छ । भूतपूर्व अमेरिकाली राष्ट्रपति रिचर्ड निक्सनद्वारा कथित निम्न चुट्किलालाई यसको उदाहरण मान्न सकिन्छ :
एलेफेनमा नेपालीमा झैँ अप्रत्यक्ष कथनमा पनि प्रत्यक्ष कथनको काललाई कायम राखिन्छ :
आज्ञार्थ वाक्यहरू अचिह्नित हुन्छन्, अर्थात् वाक्य आज्ञार्थ हो भनेर बुझाउन कुनै विशेष शब्द वा वाक्यांशको प्रयोग गर्नुपर्दैन । यसमा भने सामान्य वर्तमानकालीन वाक्यको विपरीत कर्तालाई नकारिन्छ । सामान्यतया आज्ञार्थ वाक्यमा द्वितीय पुरुषवाचक सर्वनाम, अर्थात् tu वा vos, नै कर्ताका भूमिकामा प्रसुत हुन्छन् । कर्ताको प्रयोग गर्नै परेमा ta वा ta ce को प्रयोग गर्न सकिन्छ :
क्रियापदको अर्थको निषेध गर्नका लागि no क्रियाविशेषणको प्रयोग गरिन्छ, जुन दुवै क्रियापद र va, ia वा ta को अगाडि राखिन्छ :
विशेषण वा क्रियाविशेषणको रूपमा प्रयोग गरिने क्रियापदलाई कृदन्त भनिन्छ । क्रियामा -nte प्रत्यय जोडेर सक्रिय कृदन्त र -da प्रत्यय जोडेर निष्क्रिय कृदन्त बनाइन्छ । यसरी बनेका कृदन्त विशेषण हुन् जसलाई क्रियाविशेषण र नामका रूपमा प्रयोग गर्न सकिन्छ । सामान्यतया सक्रिय कृदन्तले वर्तमानमा घटिरहेको घटनालाई बुझाउँछ भने निष्क्रिय कृदन्तले विगतमा घटेको घटनालाई बुझाउँछ :
सक्रिय कृदन्तको कर्म हुन सक्छ । यसबाहेक यसलाई गतिशीलताको अर्थ जनाउनका लागि es क्रियापदको पूरकको रूपमा प्रयोग गर्न सकिन्छ :
यद्यपि, कृदन्तको प्रयोग प्रायः आवश्यक हुँदैन किनभने उही अर्थ बुझाउनका लागि विभिन्न तरिकाले वाक्यको रचना गर्न सकिन्छ :
निष्क्रिय कृदन्तलाई es वा deveni को पूरकको रूपमा प्रयोग गरी कर्मवाच्य वा भाववाच्य वाक्यको रचना गर्न सकिन्छ । Par (“बाट”, “द्वारा”) को प्रयोग गरी वाक्यमा कर्तालाई गौण र कर्मलाई प्रधान बनाइन्छ :
कर्मवाच्य वा भाववाच्य वाक्यका विकल्पका रूपमा on वा algun लागेका कर्तृवाच्य वाक्यको पनि प्रयोग गर्न सकिन्छ :
Es को सक्रिय कृदन्त esente हो :
सम्बन्ध कारकको प्रयोग नगरी नै नामिक पदलाई कर्मको रूपमा स्विकार्ने क्रियालाई सकर्मक क्रिया भनिन्छ । अकर्मक क्रियाले भने कर्म नलिई वाक्यलाई पूरा गर्न सक्छ । उदाहरणका लागि,
एलेफेनमा कर्मकतासम्बन्धी कडा नियमहरू छैनन् । उदाहरणका लागि, अकर्मक क्रियाको पछाडि कुनै कर्म राखेमा सो क्रिया सकर्मक बन्छ । उक्त कर्मले भने अकर्मक क्रियासँग नै मेल खान्छ र फलस्वरूप सो क्रिया प्रेरणार्थक बन्छ :
निश्चित प्रसङ्गमा आफैँ वाक्यको अर्थ स्पष्ट हुने अवस्थामा सकर्मक क्रियाको कर्मलाई पनि नकार्न सकिन्छ :
क्रियाको कर्ता र कर्म एउटै भएको अवस्थामा कर्मको रूपमा निजवाचक सर्वनामको प्रयोग गर्न सकिन्छ :
यसका साथै क्रियालाई प्रेरणार्थक अर्थमा प्रस्तुत गर्नका लागि fa वा causa को प्रयोग गर्न सकिन्छ :
केही भाषाहरूमा सकर्मक क्रियाको कर्ममा पूरक जोडिन्छ । एलेफेनमा भने यसका लागि वाक्यको विभिन्न शैलीको प्रयोग गरिन्छ :
यस नियमको एउटा अपवाद nomi क्रियापद हो, जसलाई समानाधिकरणको उदाहरण मानिन्छ :
एलेफेनमा सबै समापक क्रियासँग स्थानधारकका रूपमा भए पनि कर्ता राख्नु आवश्यक हुन्छ ।
नेपालीलगायत अन्य भाषाहरूमा मौसम वा सामान्य वातावरणको कुरा गर्दा कर्तालाई नकार्न सकिन्छ । एलेफेनमा भने lo को प्रयोग गरिन्छ :
नामिक उपवाक्यको पछाडि कर्ताको प्रयोग गर्ने पद्धतिलाई यसको उदाहरण मान्न सकिन्छ । क्रियापदको पछि आउने हुनाले lo लाई प्रतिरूपी कर्ताको रूपमा प्रयोग गरिन्छ :
त्यसैगरी es क्रियापदसँग प्रयोग भएको कर्ता सम्बन्धवाचक उपवाक्यको पछि आएको सर्वनाम (विशेषतः el, lo वा los) हो भने वास्तविक कर्तालाई वाक्यको अन्त्यमा पुर्याई प्रतिरूपी कर्ताको ठाउँमा lo लाई स्थानापन्न गर्न सकिन्छ :
On ave ले कुनै कुराको उपस्थिति वा अस्तित्व जनाउँछ :
एलेफेनमा क्रियापदलाई धातु र क्रियापदीय नाम गरी दुई तरिकाले नामको रूपमा प्रयोग गर्न सकिन्छ । दुवै तरिकामा क्रियापदको स्वरूपमा कुनै फेरबदल गरिँदैन । धातुले कर्ता वा काल तथा भावको सूचकलाई स्विकार्दैन तर क्रियाविशेषण र कर्मलाई स्विकार्छ र वाक्यमा प्रायः अर्को क्रियापद वा सम्बन्ध कारकको पछाडि आउँछ । क्रियापदीय नाम भने वास्तविक नाम नै हो र त्यसको अगाडि la वा अन्य निर्धारकको प्रयोग गरिन्छ । सो नामले विशेषणलाई स्विकार्छ तर कर्मलाई जोड्नका लागि कुनै एक सम्बन्ध कारक (विशेषतः de) को प्रयोग गर्नुपर्ने हुन्छ ।
धातुलाई अर्को क्रियापदको कर्मको रूपमा पनि प्रयोग गर्न सकिन्छ । एलेफेनमा त्यसो गरेमा एउटा क्रियापदीय शृङ्खलाको निर्माण हुन्छ । पहिलो क्रियापदको कर्ता दोस्रो क्रियापदको पनि कर्ता हुनुपर्छ र कर्मलाई दोस्रो क्रियापदको पछाडि राख्नुपर्छ । पहिलो क्रियापदको पछि त्यसको विशेषता जनाउने क्रियाविशेषण तथा दोस्रो क्रियापदलाई नकार्नका लागि no राख्न सकिन्छ :
प्रमुख क्रियापदको कर्मको भूमिका निभाउनका साथै क्रियापद वाक्यमा सम्बन्ध कारकको पछाडि पनि आउन सक्छ । फेरि पनि त्यस्ता क्रियापदको अगाडि no र पछाडि क्रियाविशेषणको प्रयोग हुन सक्छ :
क्रियापदीय नामको स्वरूप पनि क्रियापदको जस्तो नै हुन्छ तर क्रियापदीय नामको परिचय गराउनका लागि la वा अन्य निर्धारकको प्रयोग गर्नुपर्छ र सो नाम बहुवचन हुनुपर्छ । सो नामले कि त कुनै घटना घटेको बुझाउँछ नभए सो घटनाको तत्काल परिणामलाई बुझाउँछ :
Ajunta जस्तो क्रियापदमा un ajunta र un ajuntada बिच खासै फरक छैन तर la tradui बनाउने मूल पाठ la traduida हो र un crea बाट un creada को रचना हुन्छ । यी नामहरू क्रियापदका कर्मका अर्थमा नै प्रयोग हुने गर्छन् : -da ले जहिले पनि कर्मलाई बुझाउँछ । Crea को साथमा कर्मको कामको परिणाम पनि हुन्छ तर tradui का साथमा कर्म र कामका परिणाम भिन्न हुन्छन् । Dansa जस्ता कर्म र कामको परिणाम एउटै हुने क्रियापदहरूमा un dansa भन्ने गरिन्छ, un dansada भनिँदैन ।
कर्ताको रूपमा क्रियापदको प्रयोग गर्दा सो वाक्य आज्ञार्थ वाक्य जस्तै सुन्न सक्छ । यस्तो नहोस् भन्नका लागि क्रियापदको अगाडि la वा अन्य निर्धारकको प्रयोग गरी किंवा बहुवचन प्रत्ययको प्रयोग गरी सो क्रियापदलाई क्रियापदीय नाममा बदल्न सकिन्छ :
Esta paje es presentada con la lisensa CC Attribution-Share Alike 4.0 International.
Lo ia es automatada jenerada de la paje corespondente en la Vici de Elefen a 12 otobre 2024 (16:16 UTC).