व्याकरण
हिज्जे र उच्चारण · वाक्य · नाम · निर्धारक · सर्वनाम · विशेषण · क्रियाविशेषण · क्रियापद · सम्बन्ध कारक · संयोजक · प्रश्न · उपवाक्य · गणनाक्रम · शब्दरचना · सङ्क्षेपक चिह्न · लेख्य चिह्न

शब्दरचना

एलेफेनमा रहेका शब्दहरूमा विभिन्न उपसर्ग वा प्रत्यय जोडी नयाँ शब्दको निर्माण गर्न सकिन्छ । यसका साथै दुइटा शब्दको समासबाट नयाँ नामको रचना गर्न सकिन्छ ।

एलेफेनमा रूपमा फेरबदल नगरी विशेषणक्रियापदलाई पनि नामको रूपमा प्रयोग गर्न सकिन्छ ।

उपसर्ग

Anti- ले नेपाली उपसर्ग “अ” को काम गर्छ । यसले अभाव वा निषेधको अर्थ बुझाउँछ :

Auto- ले नेपाली उपसर्ग “स्व” को काम गर्छ । यसले निजको अर्थ बुझाउँछ :

Des- ले नेपाली उपसर्ग “निस्” को काम गर्छ । यसले पूर्ववत् गर्ने अर्थ बुझाउँछ । S, Z, X र Y को अगाडि प्रयोग हुँदा सो उपसर्ग सरलीकृत भई de- बन्छ :

Inter- ले नेपाली उपसर्ग “अन्तर” को काम गर्छ । यसले आधारपदका सन्दर्भको माझमा अथवा परस्परको अभिप्रायको अर्थ बुझाउँछ :

Media- ले नेपाली “मध्य” को काम गर्छ । यसले केन्द्रको अर्थ बुझाउँछ :

Non- ले पनि नेपाली उपसर्ग “अ” कै काम गर्छ । यसले अभाव वा निषेधको अर्थ बुझाउँछ । N को अगाडि प्रयोग हुँदा सो उपसर्ग सरलीकृत भई no- बन्छ :

Pos- ले नेपाली “पश्च” को काम गर्छ । यसले पछाडिको अर्थ बुझाउँछ :

Pre- ले नेपाली “पूर्व” को काम गर्छ । यसले अगाडिको अर्थ बुझाउँछ :

Re- ले नेपाली उपसर्ग “पुनः” को काम गर्छ । यसले फेरि काम गरेको वा उल्टो काम गरेको अर्थ बुझाउँछ :

Su- ले नेपाली उपसर्ग “अधो” को काम गर्छ । यसले तल्लो स्तरको अर्थ बुझाउँछ :

Supra- ले नेपाली उपसर्ग “अति” को काम गर्छ । यसले माथिल्लो स्तरको अर्थ बुझाउँछ :

Vis- ले नेपाली उपसर्ग “उप” को काम गर्छ । यसले सहायकको अर्थ बुझाउँछ :

Bon-mal- ले क्रमशः राम्रो र नराम्रोका अर्थ बुझाउँछन् :

केही शब्दहरूमा सङ्ख्या तथा भिन्नलाई उपसर्गका रूपमा प्रयोग गरिन्छ । त्यसो गर्नाले पारिवारिक नातागोता वा अनुक्रमको बुझिन्छ :

प्रत्यय

एलेफेनमा ज्यादाबिधि प्रत्यय स्वरवर्णबाट सुरु हुन्छन् । जब स्वरवर्णमा टुङ्गिने शब्दमा प्रत्यय लगाइन्छ, तब सो स्वरवर्णलाई हटाइन्छ । यदि सो शब्दमा एउटा मात्र स्वरवर्ण थियो भने सो स्वरवर्णलाई शब्दमा जस्ताको तस्तै राखिन्छ :

प्रत्यय जोड्दा एलेफेनमा अस्वीकृत स्वरानुक्रम बन्छ भने उक्त स्वरानुक्रमको दोस्रो स्वरवर्णलाई हटाइन्छ :

यस नियमका दुइटा अपवाद छन् :

क्रियापद बनाउने प्रत्यय

अन्य क्रियापद झैँ प्रत्यय लगाएर बनाइएको क्रियापदलाई पनि सकर्मक र अकर्मक क्रिया] वा [[क्रियापद#नामका_रूपमा_क्रियापद|नामको रूपमा प्रयोग गर्न सकिन्छ ।

नाम र विशेषणलाई क्रियापदमा रूपान्तर गर्नका लागि -i प्रत्ययको प्रयोग गरिन्छ :

-i ले कुनै साधनको प्रयोग गरेर अथवा कुनै उपाय अपनाएर काम गर्ने अर्थ पनि बुझाउँछ :

विशेषण बनाउने प्रत्यय

अन्य विशेषण झैँ प्रत्यय लगाएर बनाइएका विशेषणलाई पनि गुण वा दोष बुझाउने शब्द र सो गुण वा दोष भएको व्यक्ति वा वस्तुलाई चिनाउने नामका रूपमा प्रयोग गर्न सकिन्छ ।

-i ले कुनै विशेष गुण वा दोषसँग सम्बन्ध रहेको अवस्थालाई बुझाउँछ :

-osa ले केही कुराले भरिपूर्ण रहेको अवस्थालाई बुझाउँछ :

-al ले केही कुरासँग सामान्य सम्बन्ध रहेको अवस्थालाई बुझाउँछ :

-iste ले कुनै विश्वास अथवा सम्प्रदायमा लागेका व्यक्ति वा सोसँग सम्बन्धित वस्तुलाई बुझाउँछ । नामको अन्त्यमा -isme छ भने त्यसको सट्टामा -iste लाग्छ । व्यक्तिवाचक नामको स्थितिमा भने अन्त्यमा रहेको स्वरवर्णलाई जस्ताको तस्तै छोडिन्छ :

-an ले कुनै स्थान वा समयसँग सम्बन्ध रहेको अर्थ बुझाउँछ :

-an भाषा तथा जनसमूहलाई बुझाउने पाँच प्रत्ययमध्ये एक हो । अन्य चार प्रत्ययअन्तर्गत -es, -ica, -i-sce पर्दछन् । एलेफेनमा शब्दलाई सकेसम्म मूल भाषाको शब्दसँग मिलाउन खोजिन्छ जसकारण कहिलेकाहीँ शब्दमा गैर-एलेफेन प्रत्यय जोडिन्छ, कहिलेकाहीँ प्रत्यय नै जोडिँदैन​ र कहिलेकाहीँ भने मूल शब्दमा नै परिवर्तन गरिन्छ :

यद्यपि, वक्ताको इच्छाअनुसार सबै देशको नाममा -an प्रत्यय जोड्न सकिन्छ :

रोग, मानसिक समस्या वा उस्तै प्रकारका समस्याका नामको पछाडि -ica प्रत्यय जोडी सो समस्याले ग्रस्त व्यक्तिलाई बुझाउन सकिन्छ :

क्रियापदको अन्त्यमा -nte प्रत्यय जोडी सो क्रियापदको सक्रिय कृदन्त बनाउन सकिन्छ जसले सो क्रियाको कर्ताको अर्थ बुझाउँछ । Es को सक्रिय कृदन्त esente हो :

-nte मा टुङ्गिने नामलाई क्रियाका नामको रूपमा प्रयोग गर्न मिल्दैन :

क्रियापदको अन्त्यमा -da प्रत्यय जोडी सो क्रियापदको सक्रिय कृदन्त बनाउन सकिन्छ जसले सो क्रियाको कर्मको अर्थ बुझाउँछ :

-da लाई क्रियाको भूतकालीन रूप जनाउनका लागि प्रयोग गर्न मिल्दैन :

-able ले योग्यता वा दक्षताको अर्थ बुझाउँछ :

नाम बनाउने प्रत्यय

क्रियापदको पछाडि -or लगाउँदा त्यसले सो काम गर्ने व्यक्तिलाई बुझाउँछ । नामको पछाडि लगाउँदा त्यसले सो नामसँग सम्बन्धित काममा संलग्न व्यक्तिलाई बुझाउँछ :

-ador ले भने कार्यको समापनका लागि प्रयोग गरिएको साधन वा उपकरणलाई बुझाउँछ :

नाम वा क्रियापदको पछाडि -eria को प्रयोग गर्दा सो वस्तु पाइने ठाउँ वा सो कार्य गरिने ठाउँ भन्ने बुझिन्छ :

-ia ले गुण वा दोषको भाववाचक नामको रचना गर्छ । -ia मा टुङ्गिने शब्दमा नै सो प्रत्ययको प्रयोग गर्दा शब्दको स्वरूपमा कुनै परिवर्तन हुँदैन :

Enfantiaveia जस्ता शब्दहरूले विशेष गुण वा दोषको समयलाई बुझाउँछन् ।

अध्ययनका विभिन्न क्षेत्रका नामको अन्त्यमा ia वा ica लागेका भए तापनि ती प्रत्यय जोडिएर बनेका शब्द नभई मूल शब्द नै हुन् । ती क्षेत्रमा अध्ययनरत वा कार्यरत व्यक्तिलाई बुझाउनका लागि शब्दमा -iste प्रत्यय लगाइन्छ । विभिन्न सम्प्रदाय वा विश्वासलाई अँगालेका व्यक्तिलाई बुझाउन पनि सो प्रत्ययको प्रयोग गरिन्छ :

-isme ले भने विभिन्न कुराका मत वा सिद्धान्तलाई बुझाउँछ :

कम फलदार प्रत्यय

निम्न प्रत्ययलाई शब्दकोशमा परिभाषित केही शब्दहरूमा मात्र लगाइन्छ ।

-eta ले नामको लघुतावाची अर्थ जनाउँछ । लघुतावाची अर्थअन्तर्गत भित्री लुगा तथा जनावरका बाछा पर्दछन् । क्रियापद तथा विशेषणमा -eta प्रत्यय लगाउँदा सो कार्य वा विशेषताको लघु अर्थलाई बुझाउँछ :

-on ले विशिष्ट तरिकाले विस्तार गरिएको वस्तुको नाम बनाउँछ । यसअन्तर्गत बाहिरी लुगा पनि पर्दछ :

-eta-on भने petigrande का पर्यायवाची शब्द होइनन् । एलेफेनमा un careta grandeun salon peti हुनु पनि सम्भव छ । यिनले खासमा नयाँ शब्दका रचना गर्छन् जसलाई यत्तिकै कुरा गर्दा मूल शब्दका साना वा ठुला रूप भन्न सकिन्छ ।

परिवारका सदस्यलाई सम्बोधन गर्ने नाममा -o-a लगाई क्रमशः ती शब्दका पुलिङ्गी र स्त्रीलिङ्गी शब्द बनाउन सकिन्छ :

फलको नाममा रहेको अन्तिम -a लाई हटाएर त्यसको सट्टामा -o राख्दा सो फल फल्ने रूखको अर्थ बुझिन्छ :

कहिलेकाहीँ ऐतिहासिक सामाजिक भूमिकाका पदको नाममा -esa प्रत्यय लगाई पदलाई स्त्रीलिङ्गी बनाइन्छ :

प्राविधिक शब्दरचना पद्धति

ज्यादाबिधि अन्तर्राष्ट्रिय वैज्ञानिक तथा प्राविधिक शब्दावली युनानी तथा रोमन मूलमा प्राविधिक उपसर्ग र प्रत्यय जोडेर बनाइएको छ । तद्रूप पद्धतिको प्रयोग गरी एलेफेनको लिप्यन्तर नियमावलीको आधारमा एलेफेनमा प्राविधिक तथा पारिभाषिक शब्दको रचना गरिन्छ ।

भिन्न तथा गुणा जनाउनका लागि -i-uple प्रत्ययहरूको प्रयोग गरिन्छ ।

समस्त शब्द

क्रियापदलाई त्यसको कर्मसँग संयोजन गरी समस्त शब्दको निर्माण गर्न सकिन्छ । सो समस्त शब्दले उल्लिखित वस्तुमाथि उल्लिखित काम गर्ने व्यक्ति वा वस्तुलाई बुझाउँछ :

Portavion मा झैँ कर्मको सुरुवातमा रहेको स्वरवर्ण र क्रियापदको अन्त्यमा रहेको स्वरवर्ण एउटै नभएसम्म दुइटै स्वरवर्णलाई समस्त शब्दमा जस्ताको तस्तै राखिन्छ ।

एलेफेनमा दुइटा नामबाट समस्त शब्द बनाउन मिल्दैन । दुइटा नामको बिचमा एउटा सम्बन्ध कारक राख्नुपर्ने हुन्छ । उदाहरणका लागि,

कहिलेकाहीँ यस्ता समस्त सब्दहरूले विशेष अर्थ दिन्छन् र तिनीहरूलाई एउटै शब्दको दर्जा दिइन्छ । उदाहरणका लागि, leon-de-mar (समुद्री सिंह) वास्तवमा सिंह होइन । त्यस्ता स्थितिमा शब्दलाई योजक चिह्नले जोडिन्छ र विशेषणलाई दोस्रो नामको पछाडि राखिन्छ । सिधा अर्थ दिने समस्त शब्दका लागि पनि स्पष्टताका लागि योजक चिह्नले जोड्न सकिन्छ :

Esta paje es presentada con la lisensa CC Attribution-Share Alike 4.0 International.
Lo ia es automatada jenerada de la paje corespondente en la Vici de Elefen a 29 febrero 2024 (16:03 UTC).