व्याकरण
हिज्जे र उच्चारण · वाक्य · नाम · निर्धारक · सर्वनाम · विशेषण · क्रियाविशेषण · क्रियापद · सम्बन्ध कारक · संयोजक · प्रश्न · उपवाक्य · गणनाक्रम · शब्दरचना · सङ्क्षेपक चिह्न · लेख्य चिह्न

क्रियाविशेषण

विशेषणले जसरी नामको विशेषता जनाउँछ, त्यसरी नै क्रियाविशेषणले क्रियापद, विशेषण, अन्य क्रियाविशेषण, निर्धारक, सम्बन्ध कारक, नामिक पद र कहिलेकाहीँ सम्पूर्ण वाक्यको नै विशेषता जनाउँछ । सामान्यतया क्रियाविशेषणले स्थान, समय, रीति, परिमाण तथा कारणका बारेमा जानकारी दिन्छ ।

अवस्थिति

एलेफेनमा विशेषण र क्रियाविशेषणमा कुनै गोचर भिन्नता हुँदैन । तसर्थ, अवस्थितिबाट नै वाक्यमा विशेषणको प्रयोग गरिएको हो कि क्रियाविशेषणको प्रयोग गरिएको हो भन्ने स्पष्ट हुन्छ — विशेषणलाई नामको पछाडि प्रयोग गरिन्छ भने क्रियाविशेषणलाई क्रियापदको पछाडि र अन्य शब्दहरूको अगाडि प्रयोग गरिन्छ :

क्रियापद वा सम्पूर्ण वाक्यको विशेषता बुझाउने क्रियाविशेषण वा क्रियायोगी पदलाई वाक्यको सुरुवातमा राख्न सकिन्छ । कुनै प्रकारको भ्रान्ति नहुने भए क्रियाविशेषणलाई कर्मको पछाडि वा वाक्यको अन्त्यमा पनि राख्न सकिन्छ :

कहिलेकाहीँ विशेषणको अगाडि क्रियाविशेषणलाई स्पष्टताका लागि योजक चिह्नले जोड्न सकिन्छ :

क्रियाविशेषणको अर्थलाई थप स्पष्ट पार्नका लागि en modo वा a grado को पनि प्रयोग गर्न सकिन्छ :

तुलना

क्रियाविशेषणको तुलनाका लागि विशेषणको तुलनामा प्रयोग गरिने नियमहरूको नै पालना गरिन्छ ।

प्राथमिक क्रियाविशेषण

विशेषणबाट व्युत्पन्न भएका कयौँ क्रियाविशेषणहरूबाहेक एलेफेनमा केही यस्ता शब्दहरू पनि छन् जसलाई केवल क्रियाविशेषणको रूपमा प्रयोग गरिन्छ :

Tan लाई उद्गार जनाउनका लागि प्रयोग गरिन्छ :

परिमाणबोधक क्रियाविशेषण

केही परिमाणबोधक विशेषणलाई क्रियापदको कार्यको परिमाण वा मात्रा बुझाउने क्रियाविशेषणको रूपमा प्रयोग गर्न सकिन्छ ।

क्रियाविशेषणको रूपमा no लाई “सुन्ना” वा केही नभएको स्थितिको अर्थमा प्रयोग गरिन्छ । यसले आफ्नो विशेष्यलाई नकार्छ । क्रियापदको विशेषता जनाउने विशेष स्थितिमा यसलाई क्रियापदको अगाडि प्रयोग गरिन्छ :

क्रियाविशेषणको रूपमा alga लाई “अलि” वा “केही हदसम्म” को अर्थमा प्रयोग गरिन्छ :

क्रियाविशेषणको रूपमा multe लाई “धेरै”, “अत्यन्तै” वा “धेरै हदसम्म” को अर्थमा प्रयोग गरिन्छ :

क्रियाविशेषणको रूपमा poca लाई “थोरै”, “अलिकति” वा “थोरै हदसम्म मात्रै” को अर्थमा प्रयोग गरिन्छ :

क्रियाविशेषणका रूपमा plumin लाई तुलनात्मक रूपमा “धेरै” र “थोरै” को अर्थमा प्रयोग गरिन्छ :

क्रियाविशेषणका रूपमा la plula min लाई “अधिकतम” र “न्यूनतम” को अर्थमा प्रयोग गरिन्छ :

प्रश्नवाचक तथा सम्बन्धवाचक क्रियाविशेषण

निम्न क्रियाविशेषणहरूलाई विभिन्न तरिकाले प्रयोग गर्न सकिन्छ :

यी क्रियाविशेषणले प्रत्यक्ष तथा अप्रत्यक्ष प्रश्न पनि बनाउँछन् र सम्बन्धवाचक उपवाक्यको पनि परिचय गराउँछन् । सम्बन्ध बुझाउने अर्थमा प्रयोग गर्दा यिनीहरूले क्रियायोगी उपवाक्यको परिचय गराउन प्रयोग गरिने सापेक्ष संयोजकको पनि भूमिका निभाउँछ — उदाहरणका लागि, cuando, तसर्थ, a la tempo cuando को लघु स्वरूप हो । यिनीहरूलाई सम्बन्ध कारकको प्रयोग गरेर पनि परिचय गराउन सकिन्छ ।

Cuando को अर्थ “कहिले” वा “जब” हो :

Do को अर्थ “कहाँ” वा “जहाँ” हो :

Como को अर्थ “कसरी” वा “जसरी” हो । यसलाई “जस्तो” वा “झैँ” को अर्थमा सम्बन्ध कारकको रूपमा पनि प्रयोग गरिन्छ :

Cuanto को अर्थ “कति” वा “जति” हो । यसलाई समानार्थी परिमाणबोधक विशेषणको रूपमा पनि प्रयोग गरिन्छ :

Perce को अर्थ “किन” हो । यसअनुरूप car (“किनभने”) र afin (“का लागि”, “हेतु”) गरी दुइटा संयोजकको प्रयोग गरिन्छ । एलेफेनमा जहिले पनि perce को प्रयोग गरिन्छ, per cual को गरिँदैन :

Esta paje es presentada con la lisensa CC Attribution-Share Alike 4.0 International.
Lo ia es automatada jenerada de la paje corespondente en la Vici de Elefen a 29 febrero 2024 (16:03 UTC).