व्याकरण
हिज्जे र उच्चारण · वाक्य · नाम · निर्धारक · सर्वनाम · विशेषण · क्रियाविशेषण · क्रियापद · सम्बन्ध कारक · संयोजक · प्रश्न · उपवाक्य · गणनाक्रम · शब्दरचना · सङ्क्षेपक चिह्न · लेख्य चिह्न

वाक्य

एलेफेनमा धेरैजसो वाक्यमा एउटा क्रियारूपी वाक्यांश हुन्छ जसले कुनै काम गरेको वा कुनै घटना घटेको बुझाउँछ । क्रियारूपित वाक्यांशमा एउटा क्रिया र क्रियाविशेषण वा सम्बन्ध कारक जस्ता विशेषक हुन्छन् ।

धेरैजसो वाक्यमा कम्तीमा पनि एउटा नामिक पद हुन्छ जसले कुनै व्यक्ति वा वस्तुलाई बुझाउँछ । नामिक पदमा एउटा नाम र निर्धारक, विशेषण वा सम्बन्ध कारक जस्ता विशेषक हुन्छन् ।

कर्ता र कर्म

नामिक पदमा दुई महत्त्वपूर्ण भाग हुन् कर्ताकर्म । तिनीहरूको ठिक अर्थ त वाक्यमा भर पर्छ तर सामान्य रूपमा भन्दा क्रियाव्यापारको प्रमुख सञ्चालक अर्थात् काम गर्ने व्यक्ति वा वस्तुलाई कर्ता भनिन्छ र कर्ताले गरेको कामको प्रत्यक्ष असर पर्ने व्यक्ति वा वस्तुलाई कर्म भनिन्छ ।

एलेफेनमा कर्ता जहिले पनि क्रियापदको अगाडि आउँछ र कर्म जहिले क्रियापदको पछाडि :

धेरैजसो क्रियालाई कर्ता चाहिन्छ तर कर्म चाहिँदैन ।

पूरक

वाक्यको अर्को महत्त्वपूर्ण अंश हो पूरक । यो es (हुनु), deveni (बन्नु), pare (देखिनु) र resta (रहनु) जस्ता अपूर्ण वा पूराकापेक्षी क्रियापद प्रयुक्त वाक्यमा जोडिई क्रियापदको अर्थलाई पूरा गराउन सहयोग गर्छ :

केही भाषाहरूमा कर्मको पनि पूरक हुन सक्छ, जस्तै — “जनताले उनलाई राष्ट्रपति बनाए” । त्यस्तो प्रकारको पूरक एलेफेनमा हुँदैन ।

सम्बन्ध कारक

वाक्यको अर्को महत्त्वपूर्ण अंश हो सम्बन्ध कारक, जसले अगाडि रहेको नाम वा क्रियापद वा पूरै वाक्यमा विवरण थप्छ :

उपवाक्य

वाक्यांशका साथै केही वाक्यहरूमा उपवाक्य हुन्छन् जुन हेर्नमा ठुलो वाक्यभित्र रहेको सानो वाक्य जस्तो देखिन्छ । उपवाक्यले नामिक पद, क्रियारूपित वाक्यांश वा सम्पूर्ण वाक्यको अर्थमा परिवर्तन ल्याउन सक्छ :

Esta paje es presentada con la lisensa CC Attribution-Share Alike 4.0 International.
Lo ia es automatada jenerada de la paje corespondente en la Vici de Elefen a 29 febrero 2024 (16:03 UTC).