व्याकरण
हिज्जे र उच्चारण · वाक्य · नाम · निर्धारक · सर्वनाम · विशेषण · क्रियाविशेषण · क्रियापद · सम्बन्ध कारक · संयोजक · प्रश्न · उपवाक्य · गणनाक्रम · शब्दरचना · सङ्क्षेपक चिह्न · लेख्य चिह्न

प्रश्न

एलेफेनमा तीन प्रकारका प्रश्नहरू हुन्छन् : “हो” वा “होइन” भनी उत्तर दिन सकिने, विभिन्न सम्भावित उत्तरहरू हुने र उत्तरका रूपमा निश्चित जानकारीको अपेक्षा गर्ने ।

यसबाहेक प्रश्नहरू प्रत्यक्ष (“तिमी कता जाँदै छौ ?”) वा अप्रत्यक्ष (“मैले तिमी कता जाँदै छौ भनी प्रश्न गरेँ”, “म को हुँ भन्ने मलाई थाहा छैन”) हुन सक्छन् । प्रत्यक्ष प्रश्नहरूको अन्त्यमा प्रश्नवाचक चिह्न (?) लगाइन्छ ।

हो / होइन प्रश्न

वाक्यको सुरुवातमा esce थपेर त्यसलाई हो / होइन प्रश्नमा परिणत गर्न सकिन्छ :

प्रश्न बनाउने अन्य दुई तरिका छन् । बोलेको बेलामा सम्भावना प्रस्तुत गर्ने वा समर्थन माग्ने किसिमको प्रश्न छ भने वाक्यको अन्त्यमा si? वा no? थप्दा हुन्छ । यसबाहेक सरल प्रश्नका लागि वाक्यको अन्त्यमा स्वराघात गर्न सकिन्छ :

हो / होइन प्रश्नको जबाफ si (“हो”) र no (“होइन”) हुन्छ । Si ले प्रश्नमा प्रस्तुत गरिएको सम्भावना सत्य हो भन्ने बुझाउँछ भने no ले सो सम्भावना गलत हो भन्ने बुझाउँछ :

प्रश्न अकरण भएको भए पनि sono ले प्रश्न करण भएको बेला जे अर्थ दिन्थे, त्यही अर्थ दिन्छन् । यद्यपि, यसो गर्दा अर्थ अस्पष्ट हुन सक्ने भएकाले उत्तरको रूपमा पूरा वाक्य भन्न सकिन्छ :

वैकल्पिक प्रश्न

वैकल्पिक प्रश्नद्वारा श्रोतालाई विभिन्न विकल्पमध्ये एक विकल्पको छनोट गर्न लगाइन्छ । ती विकल्पलाई सामान्यतया o संयोजकको प्रयोग गरी सूचीबद्ध रूपमा प्रस्तुत गरिन्छ :

अन्य प्रश्न

अन्य प्रश्नमा cual, ci, cuando, como, doperce जस्ता निर्धारक, सर्वनाम वा क्रियाविशेषणको प्रयोग गरिन्छ । प्रश्नवाचक शब्दलाई सामान्यतया वाक्यको सुरुवातमा राखिए पनि सो प्रश्नको उत्तर आउने ठाउँमा पनि राख्न सकिन्छ :

कथित प्रश्न

कथित प्रश्न वा अप्रत्यक्ष प्रश्नलाई नामिक उपवाक्यको रूपमा प्रस्तुत गरिन्छ, जसमा प्रत्यक्ष प्रश्नको तद्रूप शब्दावली तथा उही कालमा प्रश्न सोधिएको हुन्छ । कथित प्रश्नमा प्रश्नवाचक शब्दलाई जहिले पनि अधीन उपवाक्यको सुरुवातमा राखिन्छ :

हो / होइन प्रश्नको उक्तिपरिवर्तन गर्दा जहिले esce को प्रयोग गरिन्छ :

कहिलेकाहीँ कथित प्रश्न र सम्बन्धवाचक उपवाक्यबिच भिन्नता एकदमै सूक्ष्म हुन्छ :

पहिलो उदाहरणमा मैले बाकसमा रहेको कुरालाई आफैँले नदेखे पनि त्यसको पहिचान थाहा पाएँ भने दोस्रो उदाहरणमा मैले आफैँ नै बाकसमा रहेको कुरा पत्ता लगाएँ ।

Esta paje es presentada con la lisensa CC Attribution-Share Alike 4.0 International.
Lo ia es automatada jenerada de la paje corespondente en la Vici de Elefen a 29 febrero 2024 (16:03 UTC).