उपवाक्य
वाक्यमा झैँ उपवाक्यमा पनि एउटा कर्ता र एउटा क्रियापद हुन्छ तर यसले भने ठुलो वाक्यको अंशको भूमिका निर्वाह गर्छ ।
सबै वाक्यमा एउटा मुख्य उपवाक्य हुन्छ । त्यस्ता उपवाक्यलाई एक वा एकभन्दा बढी अधीन उपवाक्यको प्रयोग गरी रूपान्तर गर्न सकिन्छ । यदि कुनै अधीन उपवाक्यले नामिक पदको अर्थमा परिवर्तन ल्याउँछ भने सो उपवाक्यलाई सम्बन्धवाचक उपवाक्य भनिन्छ । यदि अधीन उपवाक्यले क्रियापद वा सम्पूर्ण मुख्य उपवाक्यको अर्थमा परिवर्तन ल्याउँछ भने त्यसलाई क्रियायोगी उपवाक्य भनिन्छ । त्यसैगरी अधीन उपवाक्यले नामको भूमिका निभाउँछ भने त्यसलाई नामिक उपवाक्य भनिन्छ ।
एउटा वाक्यमा एकभन्दा बढी मुख्य उपवाक्य हुन सक्छन् ।
सम्बन्धवाचक उपवाक्य
नामको अर्थमा परिवर्तन ल्याउने उपवाक्यलाई सम्बन्धवाचक उपवाक्य भनिन्छ । सम्बन्धवाचक उपवाक्य सामान्यतया त्यसले रूपान्तरण गर्ने नामिक पदको पछाडि आउँछ र त्यसको सुरुवातमा ci वा cual सम्बन्धवाचक सर्वनाम हुन्छ :
- La om ci ia abita asi ia vade a New York. – यहाँ जो पुरुष बस्थे, उनी न्युयोर्क गए ।
- La poma cual ia cade de mea saco es aora noncomable. – मेरो झोलाबाट जुन स्याउ झरेको थियो, त्यो अहिले अखाद्य छ ।
स्पष्टताका लागि लामा तथा घुमौरा प्रकारका सम्बन्धवाचक उपवाक्यलाई अल्पविरामको प्रयोग गरी वाक्यका अन्य भागहरूबाट छुट्ट्याइन्छ :
- La poma, cual ia cade de mea saco en la fango a matina ier, es aora noncomable. – हिजो बिहान मेरो झोलाबाट जुन स्याउ हिलोमा झरेको थियो, त्यो अहिले अखाद्य छ ।
कुनैकुनै सम्बन्धवाचक उपवाक्यले वाक्यको अर्थमा खास परिवर्तन ल्याउँदैनन् तर सानातिना टीका तथा जानकारी थप्छन् । त्यस्ता उपवाक्यका अगाडि सधैँ अल्पविरामको प्रयोग गरिन्छ :
- La can, ci ave manxas negra, ia morde la polisior. – कुकुर, जसको जिउमा काला पोता छन्, त्यसले प्रहरीलाई टोकेछ ।
- Mea padre, ci ia jubila, abita en Mexico. – मेरा बुबा, जो अवकाशमा हुनुहुन्छ, मेक्सिकोमा बस्नुहुन्छ ।
- Esta jus, cual Ana ia fa, ave un bon sabor. – यो जुस, जुन आनाले बनाएकी हुन्, स्वादिलो छ ।
Ci र cual ले सम्बन्धवाचक उपवाक्यको कर्ताको पनि भूमिका निर्वाह गर्न सक्छन् र कर्मको पनि । कर्म सामान्यतया क्रियापदको पछाडि आउँछ तर यी सर्वनामले कर्मको भूमिका निभाउँदा यिनलाई दुवै कर्ता र क्रियापदको अगाडि राखिन्छ :
- La fem ci me ama veni de Frans. – म जुन महिलालाई प्रेम गर्छु, उनी फ्रान्सबाट आउँछिन् ।
- La robot cual me ia construi no opera. – मैले जुन यन्त्रमानव बनाएँ, त्यसले काम गर्दैन ।
- Nos ta vade a mea casa, cual es prosima. – मेरो घर, जुन नजिकै छ, जाऔँ ।
सम्बन्धवाचक सर्वनाम सम्बन्ध कारकको कर्म हुँदा सम्बन्ध कारक अगाडि आउँछ :
- La fem de ci nos parla labora a mea ofisia. – हामी जुन महिलाको कुरा गर्छौँ, उनी मेरो अफिसमा काम गर्छिन् ।
- Tua libro, en cual me ia scrive sua nom, es sur la table. – तिम्रो किताब, जसमा मैले उसको नाम लेखेकी थिएँ, टेबुलमा छ ।
सम्बन्धवाचक उपवाक्यभित्र de ci वा de cual ले कसैको स्वामित्वमा रहेको वस्तुलाई बुझाउँछ भने स्पष्टताका लागि सो नामको परिचय गराउनका लागि sua को प्रयोग गरिन्छ :
- Esta fem, de ci sua sposo labora en la banco, es un cocor eselente. – यी महिला, जसका पति बैङ्कमा काम गर्छन्, एक उत्कृष्ट भान्से हुन् ।
- La fem, de ci tu conose sua sposo, labora a mea ofisia. – ती महिला, जसका पतिलाई तिमीले चिन्छौ, मेरो अफिसमा काम गर्छिन् ।
- La fem, de ci tu ia dona la letera a sua sposo, es encantante. – ती महिला, जसका पतिलाई तिमीले चिठी दियौ, रम्य छिन् ।
- Mea auto, de cual sua motor es rompeda, es aora dejetada. – मेरो कार, जसको मोटर बिग्रेको छ, अहिले कचेरासमान छ ।
केही भाषाहरूमा सम्बन्ध कारकले पूर्वगामी उपवाक्यलाई पूर्णतः परिवर्तन गर्न सक्छ । एलेफेनमा त्यस्ता सम्बन्ध कारकका अगाडि स्पष्टताका लागि e lo, e esta वा e acel को प्रयोग गर्न सकिन्छ :
- El pote salta a un metre alta, e esta ia surprende me. – ऊ एक मिटरमाथिसम्म हाम फाल्न सक्छ र त्यसले मलाई आश्चर्यचकित तुल्यायो ।
- Me ia eleje aprende elefen, lo cual ia es un deside multe bon. – उनीहरू सङ्केतप्रयोगविज्ञान पढ्दै छन् जुन भन्नुको अर्थ वाक्यको अर्थ बुझ्नका लागि प्रसङ्गको भूमिका जान्नु हो ।
सम्बन्धवाचक उपवाक्यको सुरुवातमा सम्बन्धवाचक क्रियाविशेषणको पनि प्रयोग गर्न सकिन्छ :
- Me labora en Paris, do me abita. – म पेरिसमा काम गर्छु, जहाँ म बस्छु ।
- El va visita en julio, cuando la clima es bon. – उनी जुलाईमा आउने छन्, जब हावापानी सुहाउँदो हुन्छ ।
- Acel es la razona perce Juan ia parti. – जोनले छोडेर गएको कारण पनि त्यही हो ।
त्यस्ता सम्बन्धवाचक उपवाक्यले क्रियायोगी उपवाक्यसँग मेल खान्छन् :
- Me labora do me abita. – म जहाँ बस्छु, त्यहीँ काम गर्छु ।
- El va visita cuando la clima es bon. – जब हावापानी सुहाउँदो हुन्छ, तब उनी आउने छन् ।
क्रियायोगी उपवाक्य
क्रियायोगी उपवाक्यले कि त मुख्य उपवाक्यको क्रियापदलाई रूपान्तरण गर्छ नभए मुख्य उपवाक्यलाई नै । वाक्यमा क्रियायोगी उपवाक्यको परिचय गराउनका लागि क्रियायोगी सापेक्ष संयोजक (como, cuando, cuanto, do) वा विशेष सापेक्ष संयोजक (si, car, afin, ca) को प्रयोग गरिन्छ :
- Me no teme la can, car el es multe peti. – म त्यो कुकुरसँग डराउँदिनँ किनभने त्यो एकदम सानो छ ।
- Si los redui tro rapida sua pesa, los va regania lo. – उनीहरूले छिटो वजन घटाए भने छिटै नै वजन बढाउने छन् ।
- Me core afin la rinoseros no catura me. – मलाई गैँडाहरूले नसमातून् भनेर म दौडिरहेको छु ।
- Esta es plu labora ca me ia previde. – यो मैले सोचेभन्दा बढी काम रहेछ ।
- El ia scrive cuando sua madre ia demanda. – उनकी आमाले जब सोधिन्, तब उनले लेखे ।
- El dise ce el es felis do el abita. – उसले भन्छ कि ऊ जहाँ बस्छ, त्यहीँ खुसी छ ।
- On no ia permete ce me fa la cosas como me ia desira. – मलाई जे मन लाग्यो, त्यही गर्ने अनुमति थिएन ।
क्रियायोगी सापेक्ष संयोजक (como, cuando, cuanto, do) को प्रयोगले परिचित क्रियायोगी उपवाक्यलाई सङ्क्षेपित सम्बन्धवाचक उपवाक्य मान्न सकिन्छ । उदाहरणका लागि, पछिल्ला तीन वाक्यलाई निम्न तरिकाले पनि प्रस्तुत गर्न सकिन्छ :
- El ia scrive a la ora cuando sua madre ia demanda. – उनले उनकी आमाले सोधेपछि लेखे ।
- El dise ce el es felis a la loca do el abita. – उसले भन्छ कि ऊ बसेको ठाउँमा नै खुसी छ ।
- On no ia permete ce me fa la cosas en la modo como me desira. – मलाई आफूले चाहेअनुसार काम गर्ने अनुमति थिएन ।
नामिक उपवाक्य
नामिक उपवाक्यले नामको भूमिका निभाउँछ : सो उपवाक्य क्रियापद वा सम्बन्ध कारकको कर्ता वा कर्म हुन सक्छ । वाक्यमा नामिक उपवाक्यको परिचय गराउनका लागि ce वा esce विशेष सापेक्ष संयोजक, cua, cual र ci सार्वनामिक सापेक्ष संयोजक किंवा कुनै सापेक्ष क्रियाविशेषणको प्रयोग गर्न सकिन्छ ।
कुनै उपवाक्य वास्तवमा नै नामिक उपवाक्य हो कि होइन भनेर थाहा पाउनका लागि सो उपवाक्यको ठाउँमा “उनी” राख्नुहोस् । त्यसो गर्दा अर्थपूर्ण वाक्य बन्छ भने सो उपवाक्य नामिक उपवाक्य हो । नामिक उपवाक्य सामान्यतया विचार, बोध वा भावनासँग सम्बन्धित क्रियापदका कर्म हुन्छन् :
- Me vide do tu es. – तँ कहाँ छस् भनेर मैले देख्छु ।
- Cuando me va parti, me no sabe. – म कहिले जान्छु भनेर मलाई थाहा छैन ।
- Me sabe de do tu veni. – तिमी कताबाट आउँछौ भनेर मलाई थाहा छ ।
- Me sabe ci ia dise acel. – त्यो कसले भन्यो भनेर मलाई थाहा छ ।
- Me vole demanda cua tu ia dise. – म तपाईले भनेको कुरा सोध्न चाहन्छु।
- Me pote divina cual libro el leje. – उसले कुन चाहिँ पढिरहेको छ भनेर मैले अन्दाज गर्ने सक्छु ।
धेरैजसो नामिक उपवाक्यको परिचय गराउने ce वा esce विशेष सापेक्ष संयोजकहरूको प्रयोग गरिन्छ :
- Me pensa ce el es bela. – मलाई लाग्छ कि उनी सुन्दर छिन् ।
- Me pensa ce el pote salta a un metre alta. – मलाई लाग्छ कि ऊ एक मिटरमाथिसम्म हाम फाल्न सक्छ ।
- Me pensa ce si. – मलाई त्यसो लाग्छ ।
- Me duta esce el pote salta a un metre alta. – ऊ एक मिटरमाथिसम्म हाम फाल्न सक्छ भन्ने मलाई सन्देह छ ।
नामिक उपवाक्यले प्रायः कसैले भनेको, सोधेको वा सोचेको कुराबारे जानकारी गराउँछ । सबै स्थितिमा नामिक पदको काल मौलिक बोली, सोच वा प्रश्नको कालमा नै प्रस्तुत गरिन्छ :
- Me ia dise: “Me veni de London.” → Me ia dise ce me veni de London.
- मैले भनेँ, “म लन्डनबाट आउँछु ।” → मैले भनेँ कि म लन्डनबाट आउँदै छु ।
- El pensa: “La tren ia es tarda.” → El pensa ce la tren ia es tarda.
- उसले सोच्छे, “रेल ढिलो भयो ।” → उसले रेल ढिलो भयो भनेर सोची ।
- El ia demanda: “Cuando nos va parti?” → El ia demanda cuando nos va parti.
- उनले सोधे, “हामी कहिले जाने ?” → उनले हामी कहिले जाने भनेर सोधे ।
- Me va vole sabe: “Do la selebra es?” → Me va vole sabe do la selebra es.
- मलाई जान्न मन लाग्ने छ, “भोज कता हुन्छ ?” → मलाई भोज कता हुन्छ भन्ने जान्न मन लाग्ने छ ।
सम्बन्धवाचक र क्रियायोगी उपवाक्य कहिलेकाहीँ हेर्नमा नामिक उपवाक्य झैँ हुन्छन् । त्यस्तो भ्रम नहोस् भन्नका लागि cual वा ci को अगाडि नाम वा सर्वनाम हाल्न सकिन्छ :
- Me no comprende la ata cual tu intende. – तिमीले गर्न चाहेको काम मैले बुझिनँ ।
- Me ia oia lo cual tu ia dise. – तिमीले भनेको मैले सुनेँ ।
- Me no conose el ci tu ia indica. – मलाई त्यसो लाग्छ ।
- Me vide la loca do tu es. – तिमीले औँल्याएको मान्छेलाई म चिन्दिनँ ।
- Me no sabe la ora cuando me va parti. – म कति बजे निस्कन्छु भनेर मलाई थाहा छैन ।
निरपेक्षाकृत उपवाक्य
निरपेक्ष संयोजकको प्रयोग गरी दुइटा मुख्य उपवाक्यलाई जोड्न सकिन्छ । संयोजकको अगाडि प्रायः अल्पविराम राखिन्छ :
- Me ia desira la auto, ma me no ia ave la mone. – मलाई कार चाहिएको थियो तर मसँग पैसा थिएन ।
- Me desira un bon carera e me vole ance trova un sposa bela. – मलाई एउटा राम्रो काम चाहिन्छ र म एक सुन्दर श्रीमती पनि खोज्न चाहन्छु ।
त्यस्ता उपवाक्यहरू संयोजकको प्रयोग गरे-नगरे पनि स्वतन्त्र वाक्यका रूपमा खडा हुन सक्छन् :
- El ia vole canta e el ia vole dansa, ma el ia teme. – उसलाई गाउन मन थियो र उसलाई नाच्न मन थियो तर ऊ भयभीत थियो ।
- El ia vole canta. E el ia vole dansa. Ma el ia teme. – उसलाई गाउन मन थियो । र उसलाई नाच्न मन थियो । तर ऊ भयभीत थियो ।
- El ia vole canta. El ia vole dansa. El ia teme. – उसलाई गाउन मन थियो । उसलाई नाच्न मन थियो । ऊ भयभीत थियो ।