व्याकरण
हिज्जे र उच्चारण · वाक्य · नाम · निर्धारक · सर्वनाम · विशेषण · क्रियाविशेषण · क्रियापद · सम्बन्ध कारक · संयोजक · प्रश्न · उपवाक्य · गणनाक्रम · शब्दरचना · सङ्क्षेपक चिह्न · लेख्य चिह्न

हिज्जे र उच्चारण

वर्णमाला

एलेफेनले विश्वमा सर्वाधिक प्रयोग गरिने रोमन लिपिको प्रयोग गर्छ ।

गैर-रोमान्स मूलका अन्तर्राष्ट्रिय शब्दहरूलाई चिन्न सजिलो बनाउनका लागि U को ठाउँमा W र I को ठाउँमा Y को प्रयोग गर्न सकिन्छ : ioga/yoga, piniin/pinyin, sueter/sweter, ueb/web ।

H पनि केही पारिभाषिक तथा सांस्कृतिक शब्दहरूमा बाहेक अन्य शब्दहरूमा कम नै देखिन्छ ।

बृहदाक्षर

वाक्यको पहिलो शब्दको सुरुवातमा बृहदाक्षरको प्रयोग गरिन्छ ।

बृहदाक्षरलाई व्यक्तिवाचक नामको सुरुवातमा पनि प्रयोग गरिन्छ । कुनै पनि व्यक्तिवाचक नाममा एकभन्दा बढी शब्दहरू छन् भने lade जस्ता सानातिना शब्दहरूबाहेक अरू सबै शब्दको सुरुवातमा बृहदाक्षरको प्रयोग गरिन्छ :

यद्यपि, कलात्मक तथा साहित्यिक रचनाका नाममा केवल पहिलो शब्दको सुरुवातमा बृहदाक्षरको प्रयोग गरिन्छ :

कहिलेकाहीँ, चेतावनीमा झैँ सम्पूर्ण शब्द वा उपवाक्यमा जोड दिनलाई त्यसलाई बृहदाक्षरमा लेखिन्छ ।

केही भाषामा बृहदाक्षरको प्रयोग गरिने स्थितिमा पनि एलेफेनमा लघ्वक्षरकै प्रयोग गरिन्छ :

अक्षरका नाम

कुनै शब्दको हिज्जे वाचन गर्दा वा सामान्य रूपमा एलेफेन वर्णमालाको वाचन गर्दा निम्न शब्दांश वा लगभग उस्तै तरिकाले उच्चारण गरिने नेपालीमा अनुपस्थित शब्दांशको प्रयोग गरिन्छ :

यी नाम हुन् र यिनीहरूलाई बहुवचन बनाउन सकिन्छ : as, bes, efes.

लेख्दाखेरि अक्षरको एकल रूपलाई बृहदाक्षरमा प्रस्तुत गर्न सकिन्छ र बहुवचन मा -s प्रत्यय लगाउन सकिन्छ :

स्वरवर्ण

A, E, I, OU लाई स्पेनिया भाषामा जस्तै गरी उच्चारण गरिन्छ ।

सन्ध्यक्षर​

दुइटा स्वरवर्णलाई क्रमशः प्रयोग गर्दा ती स्वरवर्णलाई छुट्टाछुट्टै उच्चारण गरिन्छ ।

यद्यपि, क्रममा दोस्रो स्वरवर्ण I वा U हो भन्ने त्यसले एउटा सन्ध्यक्षर​ बनाउँछ :

AI [aj] “सोसाइटी” को “आइ” जस्तो उच्चारण pais
AU [aw] “साउन” को “आउ” जस्तो उच्चारण auto
EU [ew] “देउता” को “एउ” जस्तो उच्चारण euro
OI [oj] “पोइ” को “ओइ” जस्तो उच्चारण seluloide

उपसर्गको प्रयोग गरेर सन्ध्यक्षर​ बन्दैन : reuni [re-uni], supraindise [supra-indise] । समान कारणले गर्दा केही अन्य शब्दहरूमा पनि दुइटा भिन्न शब्दांशको उच्चारण गरिन्छ : egoiste [ego-iste], proibi [pro-ibi] । त्यस्ता शब्दलाई शब्दकोशमा सङ्केत गरिएको हुन्छ, जस्तै — “proibi” (o-i) ।

EI को प्रयोग पनि थोरै नै हुन्छ । उक्त स्वरानुक्रमलाई भिन्न स्वरका रूपमा उच्चारण गरिन्छ : ateiste [ate-iste], feida [fe-ida], reinventa [re-inventa] । तथापि, यसरी भिन्न स्वरको उच्चारण गर्न गाह्रो मान्ने व्यक्तिहरूले यस स्वरानुक्रमलाई [ej] वा [e] को रूपमा पनि उच्चारण गर्न सक्छन् ।

जब I वा U लाई कुनै स्वरवर्णको अगाडि प्रयोग गरिन्छ, तब निम्न अवसरहरूमा त्यसलाई अङ्ग्रेजी Y वा W को रूपमा उच्चारण गरिन्छ :

अन्य अवसरहरूमा IU लाई पूर्ण स्वरको रूपमा नै उच्चारण गरिन्छ, जस्तै — emosia, abitual, plia

सन्ध्यक्षर​का उचित उच्चारणका लागि यी नियम बनाइए पनि यिनको पालनामा खासै जोड दि‍इँदैन ।

व्यञ्जनवर्ण​

निम्न अक्षर एलेफेनमा व्यञ्जनवर्ण​ हुन् :

B [b] ओष्ठ्य, स्पर्शी, सघोष, अल्पप्राण व्यञ्जनवर्ण​ bebe
C [k] कण्ठ्य, स्पर्शी, अघोष, अल्पप्राण व्यञ्जनवर्ण​ clica
D [d] दन्त्य, स्पर्शी, अघोष, अल्पप्राण व्यञ्जनवर्ण​ donada
F [f] दन्त्योष्ठ्य, स्पर्शी, अघोष, महाप्राण व्यञ्जनवर्ण​ fotografi
G [g] कण्ठ्य, स्पर्शी, अघोष, अल्पप्राण व्यञ्जनवर्ण​ garga
H [h] कण्ठ्य, सङ्घर्षी, सघोष, महाप्राण व्यञ्जनवर्ण haicu
J [ʒ] ज (फ्रेन्च उच्चारण) तालव्य, सङ्घर्षी, सघोष, अल्पप्राण व्यञ्जनवर्ण jeolojia
L [l] दन्त्य, स्पर्शी, सघोष, अल्पप्राण व्यञ्जनवर्ण lingual
M [m] ओष्ठ्य, अनुनासिक, सघोष, अल्पप्राण व्यञ्जनवर्ण mesma
N [n] दन्त्य, अनुनासिक, सघोष, अल्पप्राण व्यञ्जनवर्ण negante
P [p] ओष्ठ्य, स्पर्शी, अघोष, अल्पप्राण व्यञ्जनवर्ण paper
R [r] मूर्धन्य, अन्तःस्थ, सघोष, अल्पप्राण व्यञ्जनवर्ण rubarbo
S [s] दन्त्य, सङ्घर्षी, अघोष, महाप्राण व्यञ्जनवर्ण sistemes
T [t] दन्त्य, स्पर्शी, अघोष, अल्पप्राण व्यञ्जनवर्ण tota
V [v] दन्त्योष्ठ्य, अन्तःस्थ, सघोष, अल्पप्राण व्यञ्जनवर्ण vivosa
X [ʃ] तालव्य, सङ्घर्षी, अघोष, महाप्राण व्यञ्जनवर्ण xuxa
Z [z] ‘ज’ र ‘झ’ को बिच दन्त्य, सङ्घर्षी, सघोष, अल्पप्राण व्यञ्जनवर्ण​ zezea

निम्नलिखित बुँदाहरूमा ध्यान दिनुहोस् :

केही वक्तालाई केही व्यञ्जनवर्णको उच्चारणमा विभिन्न प्रकारका समस्या हुने भएकाले एलेफेनको उच्चारणमा निम्न विविधतालाई स्विकारिएको छ :

गैर-एलेफेन वर्ण

कुनै पनि शब्दमा गैर-एलेफेन वर्णको प्रयोग गरिएको छ भने तिनलाई निम्न प्रकारले उच्चारण गरिन्छ :

K [k]
Q [k]
W [u] o [w] उ / ऊ / व
Y [i] o [j] इ / ई / य

स्वराघात

एकभन्दा बढी स्वरवर्ण रहेको शब्दमा एउटा स्वरवर्णमा अर्कोभन्दा बढी स्वराघात हुन्छ । निम्न भागमा स्वराघात भएका स्वरवर्ण चिनाउन सो वर्णलाई रेखाङ्कित गरिएको छ ।

सामान्यतया शब्दको उपान्त अंशमा स्वराघात हुन्छ :

शब्दमा प्रत्यय जोड्दा स्वराघातमा परिवर्तन हुन सक्छ :

यद्यपि, शब्दलाई बहुवचन बनाउने -s प्रत्यय जोड्दा स्वराघातमा कुनै परिवर्तन हुँदैन :

स्वराघातको स्थितिमा सन्ध्यक्षरका I वा U लाई व्यञ्जन​वर्ण झैँ व्यवहार गरिन्छ :

अन्तिम व्यञ्जन​वर्णको अगाडि कुनै स्वरवर्णको प्रयोग गरिएको छैन भने पहिलो स्वरवर्णमा स्वराघात हुन्छ :

केही शब्दहरूमा अन्तिम व्यञ्जन​वर्णको पछाडि पनि एकभन्दा बढी स्वरवर्णको प्रयोग गरिन्छ । ती स्वरवर्ण IA, IE, IO, UA, UE वा UO हुन् भने अन्तिम व्यञ्जनवर्णको अगाडि रहेको स्वरवर्णमा नै स्वराघात हुन्छ :

यद्यपि, अन्त्यमा प्रयोग भएका स्वरवर्णहरू AE, AO, EA, EO, OA, OE वा UI हुन् भने उक्त स्वरवर्णको जोडीको पहिलो स्वरवर्णमा स्वराघात हुन्छ :

तर अर्को नियमले गर्दा estinguivacui मा U लाई अर्धस्वर मानिन्छ ।

Ala, asi, agu, ami, enemi, perce, alo, oceura मा धेरैजसो उपान्तमा भन्दा पनि अन्तिम स्वरवर्णमा जोड दिइन्छ । दुवै उच्चारणलाई स्विकारिन्छ ।

Media-diapara-rio जस्ता समासमा दोस्रो भागको स्वराघातलाई कायम राखिन्छ ।

एलेफेनमा शब्द उच्चारण गरिने सुरले शब्दको अर्थमा कुनै परिवर्तन हुँदैन । यद्यपि, वाक्यको अन्त्यमा सुरको उच्चताले प्रश्नको सङ्केत गर्छ :

स्वरसन्धान

एलेफेनमा सामान्य शब्दरचनालाई निश्चित नियमहरूले नियन्त्रण बाँध्छ ।

Reenviacoopera जस्ता शब्दहरूमा झैँ उपसर्गको प्रयोग गरेर दोहोरिएको स्थितिमा मात्रै एउटै स्वरवर्णलाई क्रमशः प्रयोग गर्न सकिन्छ । यस्ता स्थितिमा दुवै स्वरवर्णलाई छुट्टाछुट्टै उच्चारण गरिन्छ ।

ou स्वरानुक्रमलाई सामान्यतया स्विकारिँदैन ।

प्रत्यय जोड्दा एलेफेनमा अस्वीकृत स्वरानुक्रम बन्छ भने उक्त स्वरानुक्रमको दोस्रो स्वरवर्णलाई हटाइन्छ :

शब्दांशको सुरुमा निम्नलिखित २२ व्यञ्जन समूहलाई मात्र प्रयोग गर्न मिल्छ :

शब्दांशको अन्त्यमा निम्नलिखित व्यञ्जन​वर्णलाई मात्र प्रयोग गर्न मिल्छ र तिनीहरूको अगाडि एउटा स्वरवर्ण हुनुपर्छ :

शब्दहरूको बिचमा रहेको व्यञ्जन​ समूहलाई दुइटा स्वीकृत व्यञ्जन​ समूहमा छुट्ट्याउन सकिन्छ भने त्यसलाई स्विकारिन्छ :

व्यक्तिवाचक नाम, पारिभाषिक शब्द, अन्तर्राष्ट्रिय शब्द र सांस्कृतिक शब्दमा यी नियमहरूको पालना नगर्न पनि सकिन्छ ।

Esta paje es presentada con la lisensa CC Attribution-Share Alike 4.0 International.
Lo ia es automatada jenerada de la paje corespondente en la Vici de Elefen a 29 febrero 2024 (16:03 UTC).