व्याकरण
हिज्जे र उच्चारण · वाक्य · नाम · निर्धारक · सर्वनाम · विशेषण · क्रियाविशेषण · क्रियापद · सम्बन्ध कारक · संयोजक · प्रश्न · उपवाक्य · गणनाक्रम · शब्दरचना · सङ्क्षेपक चिह्न · लेख्य चिह्न

गणनाक्रम

निश्चित सङ्ख्या

एलेफेन व्याकरणअनुसार निश्चित सङ्ख्यालाई निम्न प्रस्तुत गरिएको छ :

९९९ सम्मका सङ्ख्यालाई तीन अंशसम्म रहेको योजक चिह्नले छुट्ट्याइएको एकल शब्दको रूपमा लेखिन्छ । प्रत्येक अंशले एउटा अङ्कलाई जनाउँछ र त्यसमा un तथा nove का बिच रहेको निश्चित सङ्ख्यालाई समावेश गरिएको हुन्छ । सङ्ख्याले दस वा सयको गुणालाई जनाउँछ भने त्यसमा des वा sento जोडिएको हुन्छ । दस र सयको एक गुणालाई un नजोडी सामान्य रूपमा dessento भनिन्छ । सङ्ख्यामा सुन्नाको गुणालाई पूर्णतः नकारिन्छ :

Milmilion लाई सधैँ प्रत्येक तीन अङ्कका सङ्ख्यालाई छुट्ट्याउने शब्दका रूपमा छुट्टै लेखिन्छ :

अङ्कका रूपमा सङ्ख्याको प्रतिनिधित्व गर्दा एलेफेनमा माथि प्रस्तुत गरिए झैँ तीन अङ्कका बिच खाली ठाउँ छोडिन्छ । दशमलवका लागि इच्छाअनुसार बिन्दु वा अल्पविरामको प्रयोग गरिन्छ र त्यसैगरी punto वा virgula उच्चारण गरिन्छ । दशमलवका पछाडिका अङ्कलाई एक-एक गरी उच्चार गरिन्छ :

ऋणात्मक सङ्ख्याका लागि min को प्रयोग गरिन्छ :

दस लाखका हजार गुणा

एलेफेनमा अत्यन्तै ठुला सङ्ख्यालाई दस लाखका गुणाका रूपमा प्रस्तुत गरिन्छ :

Bilion, trilioncuadrilion जस्ता शब्द एलेफेनमा खासै प्रयोग गरिँदैन​ तर तिनको प्रयोग गरेमा तिनको अर्थ खुलाउनु आवश्यक हुन्छ ।

वैज्ञानिक लेखनमा अन्तर्राष्ट्रिय उपसर्गको प्रयोगलाई मान्यता दिइन्छ :

क्रमसूचक सङ्ख्या

नामको अगाडि आउने सङ्ख्या निश्चित सङ्ख्या हुन्छ र त्यसले निश्चित परिमाणको प्रतिनिधित्व गर्छ :

यद्यपि, नामको पछाडि आउने सङ्ख्या क्रमसूचक सङ्ख्या हुन्छ जसले सो नामको स्थानलाई बुझाउँछ :

क्रमसूचक un को सट्टामा सामान्यतया prima को प्रयोग गरिन्छ । यद्यपि, १ मा टुङ्गिने ठुला सङ्ख्यालाई क्रमसूचक बनाउनका लागि un को नै प्रयोग गर्नुपर्छ :

क्रमसूचक सङ्ख्याको समर्थनका लागि numero लाई प्रतिरूपी नामको रूपमा प्रयोग गर्न सकिन्छ :

भिन्न

भिन्नको प्रतिनिधित्व गर्ने शब्द बनाउनका लागि निश्चित सङ्ख्याका अन्त्यमा -i प्रत्ययको प्रयोग गरिन्छ :

भिन्नमा सामान्य नामका नियमहरू नै लागु गरिन्छ :

भिन्न प्रस्तुत गर्नका लागि अन्य उपायहरू पनि छन् :

वैज्ञानिक लेखनमा अन्तर्राष्ट्रिय उपसर्गको प्रयोगलाई मान्यता दिइन्छ :

गुणा

गुणाका लागि सङ्ख्याका नामपछाडि -uple प्रत्यय जोडिन्छ :

Ves वा veses लागेका वाक्यांशले कुनै कुरा कति पटक दोहोरिएको छ भन्ने बुझाउँछ :

Ves ले गणितीय गुणालाई बुझाउँदैन ।

अङ्कगणित

जोडलाई बुझाउनका लागि plu वा e को प्रयोग गरिन्छ :

घटाउलाई बुझाउनका लागि min को प्रयोग गरिन्छ :

गुणनलाई बुझाउनका लागि multiplicada par वा सामान्य रूपमा par को प्रयोग गरिन्छ :

भागलाई बुझाउनका लागि divideda entre वा सामान्य रूपमा entre को प्रयोग गरिन्छ :

घाताङ्कका लागि a potia र क्रमसूचक सङ्ख्याको प्रयोग गरिन्छ । वर्ग र घनका अवस्थामा वैकल्पिक रूपमा क्रमशः cuadriacubida को प्रयोग गर्न सकिन्छ :

मूलका लागि a radis र क्रमसूचक सङ्ख्याको प्रयोग गरिन्छ :

मापन

भौतिक मापनलाई विभिन्न तरिकाले प्रस्तुत गर्न सकिन्छ :

एलेफेनमा मापनको प्रस्तुतीकरणको आधारभूत सिद्धान्त यो हो कि एउटासँग उचाइ छ (ave altia) भने अर्को अग्लो छ (es alta) ।

यसरी नै मापनका अन्य उपायलाई रूपान्तरण गर्न सकिन्छ :

Esta paje es presentada con la lisensa CC Attribution-Share Alike 4.0 International.
Lo ia es automatada jenerada de la paje corespondente en la Vici de Elefen a 29 febrero 2024 (16:03 UTC).