शब्दरचना
  एलेफेनमा रहेका शब्दहरूमा विभिन्न उपसर्ग वा प्रत्यय जोडी नयाँ शब्दको निर्माण गर्न सकिन्छ । यसका साथै दुइटा शब्दको समासबाट नयाँ नामको रचना गर्न सकिन्छ ।
  एलेफेनमा रूपमा फेरबदल नगरी विशेषण र क्रियापदलाई पनि नामको रूपमा प्रयोग गर्न सकिन्छ ।
उपसर्ग
  Anti- ले नेपाली उपसर्ग “अ” को काम गर्छ । यसले अभाव वा निषेधको अर्थ बुझाउँछ :
  - sosia – समाज  →  antisosial – असामाजिक
  
- avion – विमान  →  antiavional – विमानभेदी
  
- proton – धनात्मक कण  →  antiproton – ऋणात्मक कण
  Auto- ले नेपाली उपसर्ग “स्व” को काम गर्छ । यसले निजको अर्थ बुझाउँछ :
  - respeta – सम्मान  →  autorespeta – आत्मसम्मान
  
- flue – प्रवाह  →  autoflue – शब्द वेष्टन
  
- adere – टाँसिनु  →  autoaderente – आश्लिष्ट
  Des- ले नेपाली उपसर्ग “निस्” को काम गर्छ । यसले पूर्ववत् गर्ने अर्थ बुझाउँछ । S, Z, X र Y को अगाडि प्रयोग हुँदा सो उपसर्ग सरलीकृत भई de- बन्छ :
  - botoni – टाँक लगाउनु  →  desbotoni – टाँक खोल्नु
  
- infeta – सङ्क्रमण गर्नु  →  desinfeta – निस्सङ्क्रमण गर्नु
  
- jela – जमाउनु  →  dejela – पगाल्नु
  
- sifri – इनकोड गर्नु  →  desifri – डिकोड गर्नु
  Inter- ले नेपाली उपसर्ग “अन्तर” को काम गर्छ । यसले आधारपदका सन्दर्भको माझमा अथवा परस्परको अभिप्रायको अर्थ बुझाउँछ :
  - cambia – बदल्नु  →  intercambia – विनिमय गर्नु
  
- nasional – राष्ट्रिय  →  internasional – अन्तर्राष्ट्रिय
  Media- ले नेपाली “मध्य” को काम गर्छ । यसले केन्द्रको अर्थ बुझाउँछ :
  - note – रात  →  medianote – मध्यरात
  
- estate – ग्रीष्म  →  mediaestate – मध्यग्रीष्म
  
- punto – बिन्दु  →  mediapunto – मध्य बिन्दु
  Non- ले पनि नेपाली उपसर्ग “अ” कै काम गर्छ । यसले अभाव वा निषेधको अर्थ बुझाउँछ । N को अगाडि प्रयोग हुँदा सो उपसर्ग सरलीकृत भई no- बन्छ :
  - justa – न्यायपूर्ण  →  nonjusta – अन्यायपूर्ण
  
- ativa – सक्रिय  →  nonativa – निष्क्रिय
  
- nativa – स्वदेशी  →  nonativa – विदेशी
  
- nesesada – आवश्यक  →  nonesesada – अनावश्यक
  
- crede – विश्वास  →  noncrede – अविश्वास
  Pos- ले नेपाली “पश्च” को काम गर्छ । यसले पछाडिको अर्थ बुझाउँछ :
  - graduada – स्नातक  →  posgraduada – स्नातकोत्तर
  
- media – मध्य  →  posmedia – मध्याह्न
  
- alveol – वर्त्स्य  →  posalveolal – पश्च वर्त्स्य
  Pre- ले नेपाली “पूर्व” को काम गर्छ । यसले अगाडिको अर्थ बुझाउँछ :
  - graduada – स्नातक  →  pregraduada – पूर्वस्नातक
  
- istoria – इतिहास  →  preistoria – प्रागितिहास
  
- judi – निर्णय लिनु  →  prejudi – पूर्वानुमान गर्नु
  Re- ले नेपाली उपसर्ग “पुनः” को काम गर्छ । यसले फेरि काम गरेको वा उल्टो काम गरेको अर्थ बुझाउँछ :
  - comensa – सुरु गर्नु  →  recomensa – फेरि सुरु गर्नु
  
- pleni – भर्नु  →  repleni – फेरि भर्नु
  
- paia – तिर्नु  →  repaia – फेरि तिर्नु
  
- veni – आउनु  →  reveni – फिर्ता आउनु
  Su- ले नेपाली उपसर्ग “अधो” को काम गर्छ । यसले तल्लो स्तरको अर्थ बुझाउँछ :
  - teninte – लप्टन  →  suteninte – उपलप्टन
  
- divide – भाग गर्नु  →  sudivide – प्रतिभाग गर्नु
  
- consensa – चेतन  →  suconsensa – अवचेतन
  
- indise – सूची  →  suindise – अधोलेख
  
- campion – च्याम्पियन  →  sucampion – रनर अप
  Supra- ले नेपाली उपसर्ग “अति” को काम गर्छ । यसले माथिल्लो स्तरको अर्थ बुझाउँछ :
  - computador – कम्प्युटर  →  supracomputador – सुपरकम्प्युटर
  
- pasa – पास हुनु  →  suprapasa – पार गर्नु
  
- dramosa – नाटकीय  →  supradramosa – अतिशयोक्तिपूर्ण
  
- fem – महिला  →  suprafem – सुपरवुमन
  
- natural – प्राकृतिक  →  supranatural – अलौकिक
  Vis- ले नेपाली उपसर्ग “उप” को काम गर्छ । यसले सहायकको अर्थ बुझाउँछ :
  - presidente – राष्ट्रपति  →  vispresidente – उपराष्ट्रपति
  
- re – राजा  →  visre – सुबेदार
  Bon- र mal- ले क्रमशः राम्रो र नराम्रोका अर्थ बुझाउँछन् :
  - parla – बोल्नु  →  bonparlante – मृदुभाषी
  
- vende – बेच्नु  →  bonvendeda – सबभन्दा बढी बिक्री हुने
  
- dise – भन्नु  →  bondise – आशीर्वाद दिनु
  
- veni – आउनु  →  bonveni – स्वागत गर्नु
  
- acusa – दोष दिनु  →  malacusa – निन्दा गर्नु
  
- comprende – बुझ्नु  →  malcomprende – गलत बुझ्नु
  
- nomida – नामक  →  malnomida – गलत नाम दिइएको
  
- odorosa – गन्धमय  →  malodorosa – दुर्गन्धमय
  केही शब्दहरूमा सङ्ख्या तथा भिन्नलाई उपसर्गका रूपमा प्रयोग गरिन्छ । त्यसो गर्नाले पारिवारिक नातागोता वा अनुक्रमको बुझिन्छ :
  - avo – हजुरबुबा  →  duavo – जिज्यू
  
- neta – नातिनी  →  treneta – जनातिनी
  
- pede – खुट्टा  →  cuatropede – चौपाया
  
- sore – दिदी / बहिनी  →  duisore – सौतिनी दिदी / बहिनी
  
- galon – ग्यालन  →  cuatrigalon – क्वार्ट
प्रत्यय
  एलेफेनमा ज्यादाबिधि प्रत्यय स्वरवर्णबाट सुरु हुन्छन् । जब स्वरवर्णमा टुङ्गिने शब्दमा प्रत्यय लगाइन्छ, तब सो स्वरवर्णलाई हटाइन्छ । यदि सो शब्दमा एउटा मात्र स्वरवर्ण थियो भने सो स्वरवर्णलाई शब्दमा जस्ताको तस्तै राखिन्छ :
  - fruta – फल  →  frutosa – फली
  
- jua – खेल  →  jueta – खेलौना
  
- fe – अप्सरा  →  fein – अप्सरा जस्तो
  प्रत्यय जोड्दा एलेफेनमा अस्वीकृत स्वरानुक्रम बन्छ भने उक्त स्वरानुक्रमको दोस्रो स्वरवर्णलाई हटाइन्छ :
  - comedia + -iste  →  (comediiste)  →  comediste – हास्य कलाकार
  यस नियमका दुइटा अपवाद छन् :
  - tre + -i  →  tri
  
- tre + -uple  →  truple
क्रियापद बनाउने प्रत्यय
  अन्य क्रियापद झैँ प्रत्यय लगाएर बनाइएको क्रियापदलाई पनि सकर्मक र अकर्मक क्रिया] वा [[क्रियापद#नामका_रूपमा_क्रियापद|नामको रूपमा प्रयोग गर्न सकिन्छ ।
  नाम र विशेषणलाई क्रियापदमा रूपान्तर गर्नका लागि -i प्रत्ययको प्रयोग गरिन्छ :
  - arco – चाप  →  arci – चापाकारमा फैलाउनु
  
- roja – रातो  →  roji – रातो हुनु
  
- umida – आलो  →  umidi – भिजाउनु
  
- duple – दोबर  →  dupli – दोबर गर्नु
  
- saliva – र्याल  →  salivi – र्याल चुहाउनु
  
- flor – फूल  →  flori – फुल्नु
  -i ले कुनै साधनको प्रयोग गरेर अथवा कुनै उपाय अपनाएर काम गर्ने अर्थ पनि बुझाउँछ :
  - boton – टाँक  →  botoni – टाँक लगाउनु
  
- telefon – फोन  →  telefoni – फोन गर्नु
  
- sponja – स्पन्ज  →  sponji – सोस्नु
  
- pinta – रङ  →  pinti – रङ लगाउनु
  
- nom – नाम  →  nomi – नाम दिनु
विशेषण बनाउने प्रत्यय
  अन्य विशेषण झैँ प्रत्यय लगाएर बनाइएका विशेषणलाई पनि गुण वा दोष बुझाउने शब्द र सो गुण वा दोष भएको व्यक्ति वा वस्तुलाई चिनाउने नामका रूपमा प्रयोग गर्न सकिन्छ ।
  -i ले कुनै विशेष गुण वा दोषसँग सम्बन्ध रहेको अवस्थालाई बुझाउँछ :
  - ami – साथी  →  amin – मित्रवत्
  
- enfante – बच्चा  →  enfantin – बचकाना
  
- fantasma – भूत  →  fantasmin – भूते
  
- monstro – राक्षस  →  monstrin – राक्षसी
  
- serpente – सर्प  →  serpentin – सर्पिल
  -osa ले केही कुराले भरिपूर्ण रहेको अवस्थालाई बुझाउँछ :
  - zucar – चिनी  →  zucarosa – गुलियो
  
- oro – सुन  →  orosa – सुनौलो
  
- capel – कपाल  →  capelosa – धेरै कपाल भएको
  
- crea – बनाउनु  →  creosa – सृजनात्मक
  
- jua – खेल  →  juosa – चञ्चल
  
- caos – अराजकता  →  caososa – अराजक
  -al ले केही कुरासँग सामान्य सम्बन्ध रहेको अवस्थालाई बुझाउँछ :
  - fotografia – फोटोग्राफ  →  fotografial – फोटोग्राफिक
  
- nasion – राष्ट्र  →  nasional – राष्ट्रिय
  
- siensa – विज्ञान  →  siensal – वैज्ञानिक
  
- verbo – क्रियापद  →  verbal – क्रियापदीय
  
- erita – दाय  →  erital – वंशानुगत
  
- mito – कल्पना  →  mital – कल्पित
  
- monce – सन्न्यासी  →  moncal – मठ
  -iste ले कुनै विश्वास अथवा सम्प्रदायमा लागेका व्यक्ति वा सोसँग सम्बन्धित वस्तुलाई बुझाउँछ । नामको अन्त्यमा -isme छ भने त्यसको सट्टामा -iste लाग्छ । व्यक्तिवाचक नामको स्थितिमा भने अन्त्यमा रहेको स्वरवर्णलाई जस्ताको तस्तै छोडिन्छ :
  - bigamia – द्विविवाह  →  bigamiste – द्विविवाही
  
- otimisme – आशावाद  →  otimiste – आशावादी
  
- puria – शुद्धता  →  puriste – शुद्धतावादी
  
- Mitra – मिथ्रा  →  mitraiste – मिथ्रावादी
  -an ले कुनै स्थान वा समयसँग सम्बन्ध रहेको अर्थ बुझाउँछ :
  - suburbe – उपनगर  →  suburban – उपनगरीय
  
- Victoria – भिक्टोरिया  →  victorian – भिक्टोरियन
  -an भाषा तथा जनसमूहलाई बुझाउने पाँच प्रत्ययमध्ये एक हो । अन्य चार प्रत्ययअन्तर्गत -es, -ica, -i र -sce पर्दछन् । एलेफेनमा शब्दलाई सकेसम्म मूल भाषाको शब्दसँग मिलाउन खोजिन्छ जसकारण कहिलेकाहीँ शब्दमा गैर-एलेफेन प्रत्यय जोडिन्छ, कहिलेकाहीँ प्रत्यय नै जोडिँदैन र कहिलेकाहीँ भने मूल शब्दमा नै परिवर्तन गरिन्छ :
  - Africa – अफ्रिका  →  african – अफ्रिकाली
  
- Frans – फ्रान्स  →  franses – फ्रेन्च
  
- Elas – युनान  →  elinica – युनानी
  
- Arabia – अरब  →  arabi – अरबी
  
- Rusia – रुस  →  rusce – रुसी
  
- Europa – युरोप  →  european – युरोपेली
  
- Deutxland – जर्मनी  →  deutx – जर्मन
  
- Britan – बेलायत  →  brites – बेलायती
  यद्यपि, वक्ताको इच्छाअनुसार सबै देशको नाममा -an प्रत्यय जोड्न सकिन्छ :
  - Frans – फ्रान्स  →  fransan – फ्रेन्च
  
- Elas – युनान  →  elasan – युनानी
  
- Arabia – अरब  →  arabian – अरबी
  
- Rusia – रुस  →  rusian – रुसी
  
- Deutxland – जर्मनी  →  deutxlandan – जर्मन
  
- Britan – बेलायत  →  britanan – बेलायती
  रोग, मानसिक समस्या वा उस्तै प्रकारका समस्याका नामको पछाडि -ica प्रत्यय जोडी सो समस्याले ग्रस्त व्यक्तिलाई बुझाउन सकिन्छ :
  - catalesia – धनुष्टङ्कार  →  catalesica – धनुष्टङ्कार लागेको व्यक्ति
  
- xenofobia – पक्षपात  →  xenofobica – पक्षपाती
  क्रियापदको अन्त्यमा -nte प्रत्यय जोडी सो क्रियापदको सक्रिय कृदन्त बनाउन सकिन्छ जसले सो क्रियाको कर्ताको अर्थ बुझाउँछ । Es को सक्रिय कृदन्त esente हो :
  - ama – माया गर्नु  →  amante – माया गर्ने
  
- depende – भर पर्नु  →  dependente – परतन्त्र
  
- dormi – सुत्नु  →  dorminte – सुतिरहेको
  
- obedi – मान्नु  →  obedinte – आज्ञाकारी
  
- pare – देखिनु  →  parente – स्पष्ट
  
- es – हुनु  →  esente – हुँदै गरेको
  -nte मा टुङ्गिने नामलाई क्रियाका नामको रूपमा प्रयोग गर्न मिल्दैन :
  - La covrente es sur la caxa. – ढकनी बाकसमाथि छ ।
  
- Covre la caxa es un bon idea. – बाकसलाई छोप्ने योजना राम्रो छ ।
  क्रियापदको अन्त्यमा -da प्रत्यय जोडी सो क्रियापदको सक्रिय कृदन्त बनाउन सकिन्छ जसले सो क्रियाको कर्मको अर्थ बुझाउँछ :
  - ama – माया गर्नु  →  amada – प्रिय
  
- clui – बन्द गर्नु  →  cluida – बन्द
  
- conose – जान्नु  →  conoseda – जानिएको
  
- jela – जमाउनु  →  jelada – जमाइएको
  
- nesesa – चाहनु  →  nesesada – आवश्यक
  
- putri – कुहिनु  →  putrida – कुहिएको
  -da लाई क्रियाको भूतकालीन रूप जनाउनका लागि प्रयोग गर्न मिल्दैन :
  - La caxa es covreda par la tela. - बाकस कपडाले ढाकिएको छ ।
  
- La tela ia covre la caxa. - कपडाले बाकसलाई ढाकेको थियो ।
  -able ले योग्यता वा दक्षताको अर्थ बुझाउँछ :
  - ama – माया गर्नु  →  amable – स्नेहिलो
  
- come – खानु  →  comable – खाद्य
  
- infla – फुलाउनु  →  inflable – फुलाउन सकिने
  
- loda – सराहना गर्नु  →  lodable – सराहनीय
  
- nota – उल्लेख गर्नु  →  notable – उल्लेखनीय
  
- titila – काउकुती लगाउनु  →  titilable – काउकुती लाग्ने
नाम बनाउने प्रत्यय
  क्रियापदको पछाडि -or लगाउँदा त्यसले सो काम गर्ने व्यक्तिलाई बुझाउँछ । नामको पछाडि लगाउँदा त्यसले सो नामसँग सम्बन्धित काममा संलग्न व्यक्तिलाई बुझाउँछ :
  - aida – सहयोग गर्नु  →  aidor – सहायक
  
- deteta – पत्ता लगाउनु  →  detetor – गुप्तचर
  
- dirije – निर्देश गर्नु  →  dirijor – निर्देश
  
- fumi – धूम्रपान गर्नु  →  fumor – धूम्रपान गर्ने
  
- gania – जित्नु  →  ganior – विजेता
  
- jogla – जादु गर्नु  →  joglor – जादुगर
  
- parla – बोल्नु  →  parlor – वक्ता
  
- pexa – माछा पकड्नु  →  pexor – माझी
  
- carne – मासु →  carnor – कसाई
  
- vaso – भाँडो  →  vasor – कुमाले
  
- futbal – फुटबल  →  futbalor – फुटबल खेलाडी
  
- tenis – टेनिस  →  tenisor – टेनिस खेलाडी
  -ador ले भने कार्यको समापनका लागि प्रयोग गरिएको साधन वा उपकरणलाई बुझाउँछ :
  - caldi – तताउनु  →  caldador – हिटर
  
- computa – हिसाबकिताब गर्नु  →  computador – कम्प्युटर
  
- fax – फ्याक्स गर्नु  →  faxador – फ्याक्स मेसिन
  
- lava – धुनु  →  lavador – वासिङ मेसिन
  
- parla – बोल्नु  →  parlador – लाउड स्पिकर
  
- surfa – ब्राउज गर्नु  →  surfador – वेब ब्राउजर
  
- umidi – आलो बनाउनु  →  umidador – ह्युमिडिफायर
  नाम वा क्रियापदको पछाडि -eria को प्रयोग गर्दा सो वस्तु पाइने ठाउँ वा सो कार्य गरिने ठाउँ भन्ने बुझिन्छ :
  - cafe – कफी  →  caferia – क्याफे
  
- pan – पाउरोटी  →  paneria – बेकरी
  
- beli – सजाउनु  →  beleria – सैलुन
  
- campana – घण्टा  →  campaneria – घण्टाघर
  
- fruto – फल  →  fruteria – फलोद्यान
  
- monce – सन्न्यासी  →  monceria – मठ
  
- planeta – ग्रह  →  planeteria – ताराघर
  
- xef – मुख्य  →  xeferia – मुख्यालय
  -ia ले गुण वा दोषको भाववाचक नामको रचना गर्छ । -ia मा टुङ्गिने शब्दमा नै सो प्रत्ययको प्रयोग गर्दा शब्दको स्वरूपमा कुनै परिवर्तन हुँदैन :
  - ajil – फुर्तिलो  →  ajilia – फुर्ती
  
- felis – प्रसन्न  →  felisia – प्रसन्नता
  
- jelosa – ईर्ष्यालु  →  jelosia – ईर्ष्या
  
- neutra – निष्पक्ष  →  neutria – निष्पक्षता
  
- madre – आमा  →  madria – मातृत्व
  
- enfante – बालक  →  enfantia – बाल्यकाल
  
- sultan – सुलतान  →  sultania – सलतनत
  
- fria – चिसो  →  fria – चिसो
  
- vea – बुढो  →  veia – बुढेसकाल
  Enfantia र veia जस्ता शब्दहरूले विशेष गुण वा दोषको समयलाई बुझाउँछन् ।
  अध्ययनका विभिन्न क्षेत्रका नामको अन्त्यमा ia वा ica लागेका भए तापनि ती प्रत्यय जोडिएर बनेका शब्द नभई मूल शब्द नै हुन् । ती क्षेत्रमा अध्ययनरत वा कार्यरत व्यक्तिलाई बुझाउनका लागि शब्दमा -iste प्रत्यय लगाइन्छ । विभिन्न सम्प्रदाय वा विश्वासलाई अँगालेका व्यक्तिलाई बुझाउन पनि सो प्रत्ययको प्रयोग गरिन्छ :
  - jeografia – भूगोल  →  jeografiste – भूगोलविद्
  
- psicolojia – मनोविज्ञान  →  psicolojiste – मनोवैज्ञानिक
  
- cimica – रसायनशास्त्र  →  cimiciste – रसायनशास्त्री
  
- eletrica – विद्युत्  →  eletriciste – इलेक्ट्रिसियन
  
- musica – सङ्गीत  →  musiciste – सङ्गीतकार
  
- Crixna – कृष्ण  →  crixnaiste – कृष्णवादी
  
- ideal – आदर्श  →  idealiste – आदर्शवादी
  
- gitar – गितार  →  gitariste – गितार वादक
  
- solo – एकल  →  soliste – एकल कलाकार
  
- jornal – पत्रिका  →  jornaliste – पत्रकार
  
- sicle – साइकल  →  sicliste – साइकल चालक
  -isme ले भने विभिन्न कुराका मत वा सिद्धान्तलाई बुझाउँछ :
  - dauiste – ताओ धर्मावलम्बी  →  dauisme – ताओ धर्म
  
- altruiste – परहितवादी  →  altruisme – परहितवाद
  
- raziste – वर्णभेदी  →  razisme – वर्णभेद
  
- sindicatiste – श्रमाधिपत्यवाददी  →  sindicatisme – श्रमाधिपत्यवाद
  
- turiste – पर्यटक  →  turisme – पर्यटन
  
- simbol – प्रतीक  →  simbolisme – प्रतीकवाद
  
- canibal – नरभक्षी  →  canibalisme – नरभक्षण
कम फलदार प्रत्यय
  निम्न प्रत्ययलाई शब्दकोशमा परिभाषित केही शब्दहरूमा मात्र लगाइन्छ ।
  -eta ले नामको लघुतावाची अर्थ जनाउँछ । लघुतावाची अर्थअन्तर्गत भित्री लुगा तथा जनावरका बाछा पर्दछन् । क्रियापद तथा विशेषणमा -eta प्रत्यय लगाउँदा सो कार्य वा विशेषताको लघु अर्थलाई बुझाउँछ :
  - bebe – शिशु  →  bebeta – नवजात शिशु
  
- caro – ठेलागाडी  →  careta – चक्कागाडी
  
- imaje – तस्बिर  →  imajeta – थमनेल
  
- lente – लेन्स  →  lenteta – कन्ट्याक्ट लेन्स
  
- mone – पैसा  →  moneta – सिक्क
  
- orolojo – घडी  →  orolojeta – हाते घडी
  
- bove – गाई  →  boveta – बाछो
  
- ovea – भेडा  →  oveta – पाठो
  
- calsa – स्टकिङ  →  calseta – मोजा
  
- camisa – कमिज  →  camiseta – टिसर्ट
  
- jaca – कोट  →  jaceta – इस्टकोट
  
- pluve – पानी पर्नु  →  pluveta – सिमसिम पानी पर्नु
  
- rie – हाँस्नु  →  rieta – खित्का छोड्नु
  
- parla – बोल्नु  →  parleta – बातचित गर्नु
  
- bela – सुन्दर  →  beleta – आकर्षक
  -on ले विशिष्ट तरिकाले विस्तार गरिएको वस्तुको नाम बनाउँछ । यसअन्तर्गत बाहिरी लुगा पनि पर्दछ :
  - abea – मौरी  →  abeon – भमरो
  
- caxa – बाकस  →  caxon – क्रेट
  
- dente – दाँत  →  denton – खाग
  
- dito – औँलो  →  diton – अँगुठो
  
- padre – बुबा  →  padron – पितृसत्तात्म
  
- sala – कोठा  →  salon – बैठक कक्ष
  
- seja – कुर्सी  →  sejon – आरामकुर्सी
  
- calsa – स्टकिङ  →  calson – टाइट्स
  
- jaca – कोट →  jacon – ओभरकोट
  -eta र -on भने peti र grande का पर्यायवाची शब्द होइनन् । एलेफेनमा un careta grande र un salon peti हुनु पनि सम्भव छ । यिनले खासमा नयाँ शब्दका रचना गर्छन् जसलाई यत्तिकै कुरा गर्दा मूल शब्दका साना वा ठुला रूप भन्न सकिन्छ ।
  परिवारका सदस्यलाई सम्बोधन गर्ने नाममा -o र -a लगाई क्रमशः ती शब्दका पुलिङ्गी र स्त्रीलिङ्गी शब्द बनाउन सकिन्छ :
  - tio, tia – काका / मामा, काकी / माइजू
  फलको नाममा रहेको अन्तिम -a लाई हटाएर त्यसको सट्टामा -o राख्दा सो फल फल्ने रूखको अर्थ बुझिन्छ :
  - pera – नास्पाती  →  pero – नास्पातीको रूख
  कहिलेकाहीँ ऐतिहासिक सामाजिक भूमिकाका पदको नाममा -esa प्रत्यय लगाई पदलाई स्त्रीलिङ्गी बनाइन्छ :
  - prinse – राजकुमार  →  prinsesa – राजकुमारी
प्राविधिक शब्दरचना पद्धति
  ज्यादाबिधि अन्तर्राष्ट्रिय वैज्ञानिक तथा प्राविधिक शब्दावली युनानी तथा रोमन मूलमा प्राविधिक उपसर्ग र प्रत्यय जोडेर बनाइएको छ । तद्रूप पद्धतिको प्रयोग गरी एलेफेनको लिप्यन्तर नियमावलीको आधारमा एलेफेनमा प्राविधिक तथा पारिभाषिक शब्दको रचना गरिन्छ ।
  भिन्न तथा गुणा जनाउनका लागि -i र -uple प्रत्ययहरूको प्रयोग गरिन्छ ।
समस्त शब्द
  क्रियापदलाई त्यसको कर्मसँग संयोजन गरी समस्त शब्दको निर्माण गर्न सकिन्छ । सो समस्त शब्दले उल्लिखित वस्तुमाथि उल्लिखित काम गर्ने व्यक्ति वा वस्तुलाई बुझाउँछ :
  - corti, ungia – छोट्ट्याउनु, नङ  →  cortiungia – नङ काट्ने
  
- covre, table – छोप्नु, टेबुल  →  covretable – टेबुल पोस
  
- fura, bolsa – चोर्नु, झोली  →  furabolsa – चोर
  
- lansa, petra – फाल्नु, ढुङ्गा  →  lansapetra – गुलेली
  
- para, morde – रोक्नु, दंश  →  paramorde – मुखरोधनी
  
- para, pluve – रोक्नु, वर्षा  →  parapluve – छाता
  
- pasa, tempo – बिताउनु, समय  →  pasatempo – मनोविनोद
  
- porta, mone – बोक्नु, पैसा  →  portamone – बटुवा
  
- porta, vose – बोक्नु, आवाज  →  portavose – प्रवक्ता
  
- brinca, dorso – उफ्रनु, ढाड  →  brincadorso – मेण्ढक कुद (खेल)
  Portavion मा झैँ कर्मको सुरुवातमा रहेको स्वरवर्ण र क्रियापदको अन्त्यमा रहेको स्वरवर्ण एउटै नभएसम्म दुइटै स्वरवर्णलाई समस्त शब्दमा जस्ताको तस्तै राखिन्छ ।
  एलेफेनमा दुइटा नामबाट समस्त शब्द बनाउन मिल्दैन । दुइटा नामको बिचमा एउटा सम्बन्ध कारक राख्नुपर्ने हुन्छ । उदाहरणका लागि,
  - avia de mar – समुद्री पक्षी
  
- casa per avias – चिडियाघर
  
- xef de polisia – प्रहरी महानिरीक्षक
  कहिलेकाहीँ यस्ता समस्त सब्दहरूले विशेष अर्थ दिन्छन् र तिनीहरूलाई एउटै शब्दको दर्जा दिइन्छ । उदाहरणका लागि, leon-de-mar (समुद्री सिंह) वास्तवमा सिंह होइन । त्यस्ता स्थितिमा शब्दलाई योजक चिह्नले जोडिन्छ र विशेषणलाई दोस्रो नामको पछाडि राखिन्छ । सिधा अर्थ दिने समस्त शब्दका लागि पनि स्पष्टताका लागि योजक चिह्नले जोड्न सकिन्छ :
  - un leon-de-mar grande / du leones-de-mar grande – एउटा ठुलो समुद्री सिंह / दुई ठूला समुद्री सिंहहरू
  
- un leon grande de mar – समुद्रबाट आएको एउटा ठुलो सिंह
  
- un avion grande de mar – एउटा ठुलो जलविमान (किनभने जलविमान पनि एक प्रकारको विमान नै त हो)
  
- un avion-de-mar grande – एउटा ठुलो जलविमान (वैकल्पिक)
  
- un avion de mar grande – एउटा ठुलो जलविमान (अस्पष्ट, समुद्र ठुलो छ भनेको हुन सक्छ)