सर्वनाम
  नाम, नामिक पद तथा वाक्यको सट्टामा प्रयोग गरिने शब्दलाई सर्वनाम भनिन्छ ।
पुरुषवाचक वा व्यक्तिवाचक सर्वनाम
  - me – म
  
- tu – तँ, तिमी, तपाईँ
  
- el – ऊ, उनी, उहाँ
  
- lo – त्यो
  
- nos – हामी
  
- vos – तिमीहरू, तपाईँहरू
  
- los – उनीहरू, उहाँहरू
  सबै आदरार्थी स्थितिका लागि tu ले एकवचनीय द्वितीय पुरुषवाचक सर्वनाम र vos ले बहुवचनीय द्वितीय पुरुषवाचक सर्वनामलाई जनाउँछ ।
  El लाई मानिस, स्तनधारी जनावर तथा चराका नामको सट्टामा प्रयोग गरिन्छ । यसलाई साहित्यिक अर्थमा यन्त्रमानव, चन्द्रमा, आँधी तथा विभिन्न जीवका लागि पनि प्रयोग गर्न सकिन्छ ।
  Lo लाई वस्तु, सामान्य तथा सरल प्राणी, अवधारणा तथा विचारलाई व्यक्त गर्ने क्रममा प्रयोग गरिन्छ ।
  Los दुवै el र lo को बहुवचन हो ।
  एलेफेनमा सामान्यतया लिङ्गको भेद गरिँदैन । यद्यपि, कहिलेकाहीँ एउटै सन्दर्भमा दुवै पुरुष र महिलाको कुरा गर्दा पुरुषका लागि elo र महिलाका लागि ela को प्रयोग गर्न सकिन्छ ।
  वाक्यमा व्यक्तिवाचक सर्वनामलाई सम्बन्धवाचक उपवाक्यले पछ्याउन सक्छ । वाक्यको अर्थ त्यसै पनि स्पष्ट हुन्छ भने सम्बन्धवाचक सर्वनामलाई दुइटा काम गर्न दिई अर्को सर्वनामलाई छोड्न सकिन्छ :
  - El recorda sempre la nomes de los ci el ia encontra. – उसलाई सधैँ आफूले भेटेको सबैजनाको नाम याद हुन्छ ।
  
- Me respeta tu, ci es tan saja. – म तपाईँ, जो अत्यन्तै ज्ञानी हुनुहुन्छ, को सम्मान गर्छु ।
  
- El ci osa, gania. – उसले जित्छ, जसले साहस गर्छ ।
  
- Ci osa, gania. – जसले साहस गर्छ, जित्छ ।
  On फ्रेन्च on र जर्मन man झैँ एक सामान्य अनिश्चित सर्वनाम हो । यसले सामान्य रूपमा व्यक्ति वा जनसमूहलाई जनाउँछ । यसको प्रयोग गर्दा कर्मप्रधान क्रियाको प्रयोग आवश्यक हुँदैन :
  - On dise ce tu va parti. – उनीहरूले जाने कुरा गर्दै छन् ।
  
- On debe repete la verbo. – क्रियापदलाई दोहोर्याउनुपर्छ ।
  Se दुवै एकवचन र बहुवचन तृतीय पुरुषवाचक सर्वनाममा प्रयोग गरिने निजवाचक सर्वनाम हो । यसले क्रियापदको कर्तालाई जनाउँछ तर कहिल्यै वाक्यको नै कर्तालाई भने जनाउँदैन :
  - Lo limpi se. – त्यो आफैँ सफा हुन्छ ।
  
- Los lava se. – उनीहरूले आफूलाई सफा गर्छन् ।
  अधिकारवाचक सर्वनाम भनेको la लागेका भेदक विशेषण नै हुन् :
  - Me ia trova mea libros, ma tu no ia trova la tuas. – मैले त मेरा किताबहरू भेटेँ तर तिमीले तिम्रा चाहिँ भेटेका छैनौ ।
  
- Lo es ance plu grande ca la mea. – त्यो मेरोभन्दा पनि ठुलो छ ।
  
- No toca acel jueta! Lo no es la tua. – त्यो खेलौना नछोऊ ! त्यो तिम्रो होइन ।
निर्धारक सर्वनाम
  जसरी विशेषणलाई नाममा परिणत गर्न सकिन्छ, त्यसरी नै अधिकतम निर्धारकलाई सर्वनाममा परिणत गर्न सकिन्छ । Esta, acel र otra सर्वनामहरू बहुवचन हुँदा तिनीहरूमा जहिले पनि -s प्रत्यय लाग्छ । अन्य केही सर्वनामहरूमा पनि अर्थको स्पष्टीकरणका लागि -s प्रत्यय लगाउन सकिन्छ ।
  - tota, totas – सब
  
- ambos – दुवै
  
- esta, estas – यो, यी
  
- acel, aceles – त्यो, ती
  
- cualce, cualces – जुनसुकै, जेसुकै
  
- cada – प्रत्येक
  
- alga, algas – केही
  
- cual, cuales – जुन
  
- multe, multes – धेरै
  
- poca, pocas – थोरै
  
- plur, plures
  
- plu – धेरै (तुलनात्मक)
  
- la plu – अधिकतम
  
- min – थोरै (तुलनात्मक)
  
- la min – न्यूनतम
  
- un/la otra, (la) otras – अर्को
  
- la mesma, la mesmas – उही
  
- un tal, tales – त्यस्तै
  उदाहरणका लागि,
  - Estas aspeta bela! – यी राम्रा देखिरहेका छन् !
  
- Prende cualce. – जुनसुकै लेऊ ।
  
- Me no vole judi, car me gusta egal cada. – मलाई समालोचना गर्न मन छैन किनभने मलाई सबै समान रूपमा मन पर्छ ।
  
- Me vole grasia cada de esta persones. – म यहाँका प्रत्येक व्यक्तिलाई धन्यवाद दिन चाहन्छु ।
  
- Alga(s) pensa ancora ce la mundo es plata. – केही व्यक्तिहरू अझै पनि पृथ्वी समतल छ भन्ने विश्वास गर्छन् ।
  
- Tu ia versa mal la vino. Alga es sur la table. – तिमीले नराम्ररी वाइन पोखायौ । अलिकति वाइन टेबुलमा समेत पोखिएको छ ।
  
- Cual(es) tu va eleje? – तपाई कुन छनौट गर्नुहुन्छ? तपाईं कुन छनौट गर्नुहुन्छ?
  
- Multe(s) de nos es programores. – हामीमध्ये धेरैजसो मानिसहरू प्रोग्रामर हुन् ।
  
- Me no ia regarda multe(s) de acel filmas. – मैले यीमध्ये धेरैजसो चलचित्र हेरेको छैन ।
  
- Me reconose poca(s) de la persones en la fola. – म भिडमा रहेका केही व्यक्तिहरूलाई चिन्छु ।
  
- Plu va ariva pronto. – छिटै अझै आउने छन् ।
  
- Alga parolas es clar, ma on no pote leje fasil la plu. – केही शब्दहरू स्पष्ट छन् तर धेरैजसो सजिलै पढ्न सकिँदैन ।
  
- Tu ave min ca me. – तिमीसँग मभन्दा थोरै छ ।
  
- Me vole bonveni tota(s) de vos. – म तपाईँहरू सबको स्वागत गर्न चाहन्छु ।
  
- Me ia compra sinco libros nova, ma me ia lasa tota(s) en la bus. – मैले पाँचवटा नयाँ किताबहरू किनेँ तर मैले सबै बसमा नै छोडेछु ।
  
- Ambos de la enfantes jua felis. – दुवै बालबालिका खुसी भई खेलिरहेका छन् ।
  निश्चित अङ्कलाई निश्चित मात्रा वा परिमाणको समूह बुझाउने सर्वनामको रूपमा प्रयोग गर्न सकिन्छ । यी सर्वनाममा सामान्यतया न त -s प्रत्यय लाग्छ, न त यिनलाई निर्धारकको नै आवश्यकता पर्छ :
  - Tre de mea amis va ariva a esta sera. – मेरा तीन जना साथीहरू आउने छन् ।
  
- Cuanto pizas tu ia come? – तिमीले कतिवटा पिज्जा खायौ ?
  
  
- La cuatro de nos va come en junta. – हामी चार जना सँगै खान्छौँ ।
  
- Un de mea gatos manca. – मेरो एउटा बिरालो हराएको छ ।
  
- La tre ia abita en la mesma aparte. – उनीहरू तीन जना एउटै अपार्टमेन्टमा बस्थे ।
  Sento, mil वा milion जस्ता सङ्ख्याका अनिश्चित गुणालाई जनाउनका लागि ती सङ्ख्यामा -s प्रत्यय थपिन्छ :
  - On ia ave miles de persones a la conserta. – कन्सर्टमा हजारौँ मानिसहरू थिए ।
  
- A cada anio, miliones migra a otra paises. – प्रत्येक वर्ष लाखौँ मानिसहरू अन्य देशमा बसाइ सर्छन् ।
  
- On ia evacua miles de plu persones de locas inondada par la deluvias. – थप हजार मानिसहरू बाढीले ग्रस्त क्षेत्रबाट सुरक्षित क्षेत्रमा सरे ।
  
- On pote fatura plu sentos per servi. – सेवाका लागि तिमीले थप सयौँ रुपियाँ तिर्नुपर्ने हुन्छ ।
  La लाई सर्वनामको रूपमा प्रयोग गर्न मिल्दैन । त्यसको सट्टामा el, lo र los को प्रयोग गरिन्छ :
  - La casa de mea padre es plu grande ca lo de mea frate. – मेरा बुबाको घर मेरा दाजुको घरभन्दा ठुलो छ ।
  
- Lo es ance plu grande ca lo cual me intende compra. – त्यो मैले किन्न खोजेकोभन्दा ठुलो छ ।
  No लाई सर्वनामको रूपमा प्रयोग गर्न मिल्दैन तर त्यसबाट nun र no cosa सर्वनामहरू बन्छन् । Zero अङ्कलाई पनि सर्वनामको रूपमा प्रयोग गर्न सकिन्छ ।
  La un la otra वा lunlotra मुहावराको अर्थ “एकअर्का” हो । यसका भिन्न स्वरूपअन्तर्गत la un o la otra (एक नभए अर्को), la un pos la otra वा pos lunlotra (एकपछि अर्को) र la un sur la otra वा la un sur la otra  (एकमाथि अर्को) पर्दछन् :
  - La xicos colpa la un la otra / lunlotra. – केटाहरूले एकअर्कालाई हान्दै छन् ।
  
- Me pila mea crepes la un sur la otra / sur lunlotra. – म मेरा प्यानकेकलाई एकमाथि अर्को गरी राख्छु ।
  केही वाक्यहरूमा सर्वनामको ठ्याक्क पछाडि क्रियापदको प्रयोग गरिएको हुन् सक्छ, जसकारण सो सर्वनामलाई निर्धारकसँग भ्रमित हुन सकिन्छ । उदाहरणका लागि, सन्दर्भको अभावमा, acel veni de Italia को अर्थ “इटालीबाट आउने क्रिया” पनि हुन सक्छ, “इटालीबाट आएको व्यक्ति वा वस्तु” पनि हुन सक्छ । सामान्यतया सन्दर्भले नै वाक्यको अर्थलाई स्पष्ट पार्छ । यद्यपि, नवीन एलेफेन वक्तालाई समस्या नपार्नका लागि निर्धारकलाई सर्वनाममा परिवर्तन गर्नुको सट्टामा सो निर्धारकपछि person वा cosa जस्ता सामान्य नाम थप्न सकिन्छ :
  - Acel cosa veni de Italia. – इटालीबाट आएको वस्तु ।
  
- Recorda ce alga persones (o algas) abita en sua auto. – याद राख कि केही मानिसहरू आफ्ना कारमा नै बसोबास गर्छन् ।
  कहिलेकाहीँ क्रियारूपी नाम क्रियापद होइन भनेर स्पष्ट पार्नका लागि alga, multe र poca जस्ता शब्दहरूका साथ निर्धारक र नामका बिचमा de राख्न सकिन्छ, जसले गर्दा निर्धारक त सर्वनाम बन्छ तर नाम भने क्रियापद बन्दैन । Esta र acel जस्ता अन्य निर्धारकका साथ भने निर्धारकको अगाडि la राख्न सकिन्छ :
  - La profesor ia demanda alga de atende. – प्रोफेसरले थोरै अवधानको माग गरे ।
  
- Multe de labora pote es evitada. – टन्नै काम टार्न सकिन्छ ।
  
- La esta deside no es un bon resulta. – Tयो निर्णय एक राम्रो नतिजा होइन ।
प्रश्नवाचक सर्वनाम
  एलेफेनमा प्रत्यक्ष प्रश्न बनाउनका लागि दुइटा सर्वनामको प्रयोग गरिन्छ :
  - cua – के
  
- ci – को
  
- cual – कुन
  Cua र ci लाई केवल सर्वनामको रूपमा प्रयोग गरिन्छ, कहिले पनि निर्धारकको रूपमा प्रयोग गरिँदैन ।
  Cual लाई खासगरी निर्धारकको रूपमा प्रयोग गरिए पनि यसलाई सर्वनामको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।
  उदाहरणका लागि,
  - Cua es en la caxa? – बक्सामा के छ ?
  
- Cua tu come?
  
- Cua es estas?
  
- De cua esta torta es composada?
  
- La armario es plen de cua?
  
- Cual tu ia gusta plu, la libro o la filma?
  
- Cual de la enfantes ia come la torta?
  
- Vos prefere cual(es), la rojas o la verdes? – तिमी कुन थरि रुचाउँछौ, रातो कि हरियो ?
  
- Cual(es) entre vos vole come esta torta de xocolada?
  
- Ci vole es un milionor? – को करोडपति बन्न चाहन्छ ?
  
- Tu vade a la sinema con ci? – तिमी कोसँग सिनेमा घर जाँदै छौ ?
  
- Ci los es?
  Cua ci र cual लाई अप्रत्यक्ष कथित प्रश्नमा पनि प्रयोग गरिन्छ ।
सम्बन्धवाचक सर्वनाम
  Ci र cual ले सम्बन्धवाचक उपवाक्यको परिचय गराउनका लागि सम्बन्धवाचक सर्वनामका समेत भूमिका निर्वाह गर्छन् :
  मानिस तथा जनावरका कुरा गर्दा सम्बन्धवाचक सर्वनामका रूपमा ci को प्रयोग गरिन्छ । अन्य स्थितिमा सम्बन्धवाचक सर्वनामको रूपमा cual को प्रयोग गरिन्छ :
  - Esta es la fem de ci me ia compra mea auto. – यी ती महिला हुन् जसबाट मैले मेरो कार किनेकी थिएँ ।
  
- La fem de ci me ia oblida sua nom es denova a la porte. – ती महिला, जसको नाम मलाई याद छैन, फेरि ढोकाअगाडि छिन् ।
  
- A, vide la patetas ci segue sua madre! – ए, ती चल्लाहरूलाई हेर जसले आफ्नी आमालाई पछ्याइरहेका छन् ।
  
- La libro cual me leje es tro longa. – त्यो किताब, जुन म पढ्दै छु, अत्यन्तै लामो छ ।
  
- La casa en cual nos abita es tro peti. – त्यो घर, जसमा हामी बस्छौँ, असाध्यै सानो छ ।
  
- La superstisios – me gusta esta parola! – cual me ia investiga es riable. – ती अन्धविश्वासहरू — मलाई त्यो शब्द मन पर्छ ! — जसका बारेमा मैले अनुसन्धान गरेँ, हावादार छन् ।
  
- El esperia un sonia cual el teme. – उनले एउटा सपना देख्छिन् जसबाट उनी तर्सन्छिन् ।
  
- तुलना गर्नुहोस् : El esperia un sonia ce el teme. – उनले एउटा सपना देख्छिन् जसमा उनी तर्सन्छिन् ।
  केही सम्बन्धवाचक उपवाक्यहरूमा मुख्य उपवाक्यमा सो उपवाक्यले सम्बन्ध जनाउने नामलाई पछि छोडिन्छ । सो नामको सट्टामा सम्बन्धवाचक सर्वनामको प्रयोग गरिन्छ । त्यस्ता स्थितिमा, स्पष्टताका लागि, cual को ठाउँमा lo cual र ci को ठाउँमा el cual को प्रयोग गर्न सकिन्छ :
  - Acel es (lo) cual me ia comprende. – मैले बुझेको कुरा यो हो ।
  
- Me comprende (lo) sur cual on ia instrui me. – मैले मलाई पढाइएको कुरा बुझेँ ।
  
- Me no recorda (el) ci me ia vide. – मैले जसलाई देखेँ, त्यो व्यक्ति मलाई याद छैन ।
  
- Me no recorda (el) a ci me ia parla. – मैले जोसँग कुरा गरे, त्यो व्यक्ति मलाई याद छैन ।
अन्य सर्वनाम
  मानिसलाई जनाउनका लागि चार विशेष सर्वनामको प्रयोग गर्न सकिन्छ । ती सर्वनामलाई एकवचनमा मात्रै प्रयोग गर्न सकिन्छ :
  - algun – कोही
  
- cualcun – जोसुकै
  
- cadun – सबैजना
  
- nun – कोही होइन
  उदाहरणका लागि,
  - Algun entre nos es la asasinor. – हामीमध्ये कोही हत्यारा हो ।
  
- Dise acel broma a cualcun, e el va rie. – त्यो चुट्किला जोसुकैलाई सुनाऊ र ऊ हाँस्ने छ ।
  
- Cadun debe reseta un premio. – सबैजनाले पुरस्कार पाउनुपर्छ ।
  
- Me senta en la atrio per un ora, e nun ia parla a me. – म एक घण्टादेखि प्रतीक्षालयमा बसिरहेको छु र मसँग कोही पनि बोलेको छैन ।
  वस्तुहरूको स्थितिमा algun, cualcun, cadun र nun का ठाउँमा alga cosa (केही), cualce cosa (जुनसुकै, जेसुकै), cada cosa (सब) र no cosa (केही होइन) को प्रयोग गरिन्छ ।
सार्वनामिक पद
  सामान्यतय निर्धारक वा विशेषणले सर्वनामको रूपान्तरण नगरे पनि सम्बन्ध कारकले सर्वनामको रूपान्तरण गर्न सक्दछ :
  - Nos en la sindicato esije plu diretos. – सङ्घमा रहेका हामी थप अधिकारको माग गर्छौँ ।
  
- Tota de la lenio es danada. – सबै काठ नष्ट भए ।
  
- La plu de esta linguas es difisil. – यीमध्ये अधिकतम भाषाहरू कठिन छन् ।