गणनाक्रम
निश्चित सङ्ख्या
  एलेफेन व्याकरणअनुसार निश्चित सङ्ख्यालाई निम्न प्रस्तुत गरिएको छ :
  - zero – सुन्ना
  
- un – एक
  
- du – दुई
  
- tre – तीन
  
- cuatro – चार
  
- sinco – पाँच
  
- ses – छ
  
- sete – सात
  
- oto – आठ
  
- nove – नौ
  
- des – दस
  
- sento – सय
  
- mil – हजार
  
- milion – दस लाख
  ९९९ सम्मका सङ्ख्यालाई तीन अंशसम्म रहेको योजक चिह्नले छुट्ट्याइएको एकल शब्दको रूपमा लेखिन्छ । प्रत्येक अंशले एउटा अङ्कलाई जनाउँछ र त्यसमा un तथा nove का बिच रहेको निश्चित सङ्ख्यालाई समावेश गरिएको हुन्छ । सङ्ख्याले दस वा सयको गुणालाई जनाउँछ भने त्यसमा des वा sento जोडिएको हुन्छ । दस र सयको एक गुणालाई un नजोडी सामान्य रूपमा des र sento भनिन्छ । सङ्ख्यामा सुन्नाको गुणालाई पूर्णतः नकारिन्छ :
  - des-un – ११
  
- des-du – १२
  
- des-nove – १९
  
- dudes – २०
  
- dudes-un – २१
  
- dudes-sinco – २५
  
- sento-un – १०१
  
- sento-des-du – ११२
  
- tresento-dudes-un – ३२१
  
- cuatrosento – ४००
  
- novesento-sinco – ९०५
  Mil र milion लाई सधैँ प्रत्येक तीन अङ्कका सङ्ख्यालाई छुट्ट्याउने शब्दका रूपमा छुट्टै लेखिन्छ :
  - mil setesento-sesdes-tre – १७६३
  
- du mil un – २००१
  
- tre mil des-cuatro – ३०१४
  
- cuatrodes-sinco mil sessento-setedes-oto – ४५ ६७८
  
- novesento-otodes-sete milion sessento-sincodes-cuatro mil tresento-dudes-un balones roja – ९८७ ६५४ ३२१ राता बेलुनहरू
  अङ्कका रूपमा सङ्ख्याको प्रतिनिधित्व गर्दा एलेफेनमा माथि प्रस्तुत गरिए झैँ तीन अङ्कका बिच खाली ठाउँ छोडिन्छ । दशमलवका लागि इच्छाअनुसार बिन्दु वा अल्पविरामको प्रयोग गरिन्छ र त्यसैगरी punto वा virgula उच्चारण गरिन्छ । दशमलवका पछाडिका अङ्कलाई एक-एक गरी उच्चार गरिन्छ :
  - tre punto un cuatro un ses – ३.१४१६
  
- du virgula zero nove – २,०९
  ऋणात्मक सङ्ख्याका लागि min को प्रयोग गरिन्छ :
  - min sinco grados – माइनस पाँच डिग्री
दस लाखका हजार गुणा
  एलेफेनमा अत्यन्तै ठुला सङ्ख्यालाई दस लाखका गुणाका रूपमा प्रस्तुत गरिन्छ :
  - mil milion –  १ ००० ००० ०००
  
- milion milion – १ ००० ००० ००० ०००
  
- mil milion milion – १ ००० ००० ००० ००० ०००
  Bilion, trilion र cuadrilion जस्ता शब्द एलेफेनमा खासै प्रयोग गरिँदैन तर तिनको प्रयोग गरेमा तिनको अर्थ खुलाउनु आवश्यक हुन्छ ।
  वैज्ञानिक लेखनमा अन्तर्राष्ट्रिय उपसर्गको प्रयोगलाई मान्यता दिइन्छ :
  - deca- (da) – १०
  
- ecto- (h) – १००
  
- cilo- (k) – १०३
  
- mega- (M) – १०६
  
- giga- – १०९
  
- tera- – १०१२
  
- peta- – १०१५
  
- exa- – १०१८
  
- zeta- – १०२१
  
- iota- – १०२४
क्रमसूचक सङ्ख्या
  नामको अगाडि आउने सङ्ख्या निश्चित सङ्ख्या हुन्छ र त्यसले निश्चित परिमाणको प्रतिनिधित्व गर्छ :
  - tre omes e cuatro femes – तीन पुरुष र चार महिला
  यद्यपि, नामको पछाडि आउने सङ्ख्या क्रमसूचक सङ्ख्या हुन्छ जसले सो नामको स्थानलाई बुझाउँछ :
  - la om tre – तेस्रो पुरुष
  
- la pato ses – छैटौँ हाँस
  
- la paje un – पहिलो पाना
  क्रमसूचक un को सट्टामा सामान्यतया prima को प्रयोग गरिन्छ । यद्यपि, १ मा टुङ्गिने ठुला सङ्ख्यालाई क्रमसूचक बनाउनका लागि un को नै प्रयोग गर्नुपर्छ :
  - la paje prima – पहिलो पाना
  
- sala sento-un – १०१ औँ कोठा
  क्रमसूचक सङ्ख्याको समर्थनका लागि numero लाई प्रतिरूपी नामको रूपमा प्रयोग गर्न सकिन्छ :
  - El es numero tre. –  ऊ तेस्रो हो ।
  
- A cual paje tu es? Me es a numero setedes. – तिमी कुन पानामा छौ ? म सत्तरियौँमा छु ।
  
- Numero tre, me vole grasia la furnores de come. – तेस्रो, म भोजनका व्यवस्थापकहरूलाई धन्यवाद दिन चाहन्छु ।
भिन्न
  भिन्नको प्रतिनिधित्व गर्ने शब्द बनाउनका लागि निश्चित सङ्ख्याका अन्त्यमा -i प्रत्ययको प्रयोग गरिन्छ :
  - dui – आधा
  
- tri – तिहाइ
  
- cuatri – चौथाइ
  
- desi – दशमांश
  
- des-dui – बाह्रौँ भाग
  
- cuatrodesi – चालिसौँ भाग
  
- senti – शतांश
  
- tresento-sesdes-sinci – १/३६५
  
- mili – १/१०००
  
- dudes-mili – १/२० ०००
  भिन्नमा सामान्य नामका नियमहरू नै लागु गरिन्छ :
  - un tri de la tarte – पाईको एक तिहाइ
  
- du tris de la tarte – पाईको दुई तिहाइ
  
- esta tri ardeda de la tarte – पाईको यो डढेको तिहाइ
  
- un cuatri de un sentenio – शताब्दीको एक चौथाइ
  
- tre tredes-duis de un diton – एक इन्चका तीन बत्तिसौँ भाग
  भिन्न प्रस्तुत गर्नका लागि अन्य उपायहरू पनि छन् :
  - tre e un dui oras – साढे तीन घण्टा
  
- tre oras e un dui – साढे तीन घण्टा
  
- sete e un dui milion anios – साढे सत्तरी लाख वर्ष
  
- des persentos de la popla = दस प्रतिशत मानिस
  
- des sentis de la popla = दस प्रतिशत मानिस
  
- du punto sete sinco oto metres = २.७५८ मिटर
  वैज्ञानिक लेखनमा अन्तर्राष्ट्रिय उपसर्गको प्रयोगलाई मान्यता दिइन्छ :
  - desi- (d) – १/१०
  
- senti- (c) – १/१००
  
- mili- (m) – १०-३
  
- micro- (μ) – १०-६
  
- nano- (n) – १०-९
  
- pico- (p) – १०-१२
  
- femto- (f) – १०-१५
  
- ato- (a) – १०-१८
  
- zepto- (z) – १०-२१
  
- iocto (y) – १०-२४
गुणा
  गुणाका लागि सङ्ख्याका नामपछाडि -uple प्रत्यय जोडिन्छ :
  - duple – दोबर, द्वय
  
- truple – तेबर, त्रय
  
- cuatruple – चौबर
  Ves वा veses लागेका वाक्यांशले कुनै कुरा कति पटक दोहोरिएको छ भन्ने बुझाउँछ :
  - a un ves – एकपल्ट
  
- a du veses – दुईपल्ट
  
- a tre veses – तीनपल्ट
  Ves ले गणितीय गुणालाई बुझाउँदैन ।
अङ्कगणित
  जोडलाई बुझाउनका लागि plu वा e को प्रयोग गरिन्छ :
  - Un plu un es du. – एक जोड एक दुई हुन्छ ।
  
- Du e du no es sinco. – दुई जोड दुई पाँच हुँदैन ।
  घटाउलाई बुझाउनका लागि min को प्रयोग गरिन्छ :
  - Ses min tre es tre. – छबाट तीन घटाए तीन बाँकी हुन्छ ।
  गुणनलाई बुझाउनका लागि multiplicada par वा सामान्य रूपमा par को प्रयोग गरिन्छ :
  - Du multiplida par tre es ses. – दुई तियाँ छ हुन्छ ।
  
- Ses par cuatro es dudes-cuatro. – छ चौका चौबिस हुन्छ ।
  भागलाई बुझाउनका लागि divideda entre वा सामान्य रूपमा entre को प्रयोग गरिन्छ :
  - Des divideda entre du es sinco. – दसलाई दुईले भाग गर्दा पाँच हुन्छ ।
  
- Sinco entre du es du e un dui. – पाँचलाई दुईले भाग गर्दा साढे दुई हुन्छ ।
  
- Sinco entre du es du punto sinco. – पाँचलाई दुईले भाग गर्दा २.५ हुन्छ ।
  
- Sinco entre du es du virgula sinco. – पाँचलाई दुईले भाग गर्दा २,५ हुन्छ ।
  घाताङ्कका लागि a potia र क्रमसूचक सङ्ख्याको प्रयोग गरिन्छ । वर्ग र घनका अवस्थामा वैकल्पिक रूपमा क्रमशः cuadria र cubida को प्रयोग गर्न सकिन्छ :
  - Tre a potia du es nove. – तीनको घाताङ्कको मान दुई हुँदा नौ हुन्छ ।
  
- Tre cubida es dudes-sete. – तीनको घाताङ्कको मान तीन हुँदा सत्ताइस हुन्छ ।
  
- des a potia min nove – १०-९
  
- des a potia sento – १०१००
  मूलका लागि a radis र क्रमसूचक सङ्ख्याको प्रयोग गरिन्छ :
  - 256 a radis cuatro es 4. – २५६ को मूलको मान चार हुँदा ४ हुन्छ ।
  
- La radis cuadral de 64 es 8. – ६४ को वर्गमूल ८ हो ।
  
- La radis cubo de 27 es 3. – २७ को घनमूल ३ हो ।
मापन
  भौतिक मापनलाई विभिन्न तरिकाले प्रस्तुत गर्न सकिन्छ :
  - Cuanto alta es la tore? – टावर कति अग्लो छ ?
  
- Cuanto de altia la tore ave? – टावरको उचाइ कति छ ?
  
- La tore es cuanto alta? – टावर कति अग्लो छ ?
  
- La tore ave cuanto de altia? – टावरको उचाइ कति छ ?
  
- La tore es 40 metres alta. – टावर ४० मिटर अग्लो छ ।
  
- La tore ave 40 metres de altia. – टावरको उचाइ ४० मिटर छ ।
  
- La tore es un metre plu alta ca la casa. – टावर घरभन्दा एक मिटर अग्लो छ ।
  
- La tore ave un metre plu de altia ca la casa. – टावरको उचाइ घरको उचाइभन्दा एक मिटर बढी छ ।
  
- La tore es a du veses plu alta ca la casa. – टावर घरभन्दा दुईगुना अग्लो छ ।
  
- La tore ave du de la altia de la casa. – टावरको उचाइ घरको उचाइको दोबर छ ।
  
- La casa ave un dui de la altia de la tore. – टावरको उचाइ घरको उचाइको आधा छ ।
  
- La tore es duple plu alta ca la casa. – टावर घरभन्दा दुईगुना अग्लो छ ।
  
- La tore ave duple la altia de la casa. – टावरको उचाइ घरको उचाइको दोबर छ ।
  एलेफेनमा मापनको प्रस्तुतीकरणको आधारभूत सिद्धान्त यो हो कि एउटासँग उचाइ छ (ave altia) भने अर्को अग्लो छ (es alta) ।
  यसरी नै मापनका अन्य उपायलाई रूपान्तरण गर्न सकिन्छ :
  - larga, largia
  
- grande, grandia
  
- pesosa, pesa
  
- longa, longia
  
- longa, tempo
  
- vea, eda
  
- basa, basia
  
- profonda, profondia
  
- frecuente, frecuentia
  
- rapida, rapidia
  
- densa, densia