व्याकरण 
  हिज्जे र उच्चारण ·
  वाक्य ·
  नाम ·
  निर्धारक ·
  सर्वनाम ·
  विशेषण ·
  क्रियाविशेषण ·
  क्रियापद ·
  सम्बन्ध कारक ·
  संयोजक ·
  प्रश्न ·
  उपवाक्य ·
  गणनाक्रम ·
  शब्दरचना ·
  सङ्क्षेपक चिह्न ·
  लेख्य चिह्न
एलेफेनले विश्वमा सर्वाधिक प्रयोग गरिने रोमन लिपिको प्रयोग गर्छ ।
गैर-रोमान्स मूलका अन्तर्राष्ट्रिय शब्दहरूलाई चिन्न सजिलो बनाउनका लागि U को ठाउँमा W र I को ठाउँमा Y को प्रयोग गर्न सकिन्छ : ioga/yoga, piniin/pinyin, sueter/sweter, ueb/web ।
H पनि केही पारिभाषिक तथा सांस्कृतिक शब्दहरूमा बाहेक अन्य शब्दहरूमा कम नै देखिन्छ ।
वाक्यको पहिलो शब्दको सुरुवातमा बृहदाक्षरको प्रयोग गरिन्छ ।
बृहदाक्षरलाई व्यक्तिवाचक नामको सुरुवातमा पनि प्रयोग गरिन्छ । कुनै पनि व्यक्तिवाचक नाममा एकभन्दा बढी शब्दहरू छन् भने la र de जस्ता सानातिना शब्दहरूबाहेक अरू सबै शब्दको सुरुवातमा बृहदाक्षरको प्रयोग गरिन्छ :
यद्यपि, कलात्मक तथा साहित्यिक रचनाका नाममा केवल पहिलो शब्दको सुरुवातमा बृहदाक्षरको प्रयोग गरिन्छ :
कहिलेकाहीँ, चेतावनीमा झैँ सम्पूर्ण शब्द वा उपवाक्यमा जोड दिनलाई त्यसलाई बृहदाक्षरमा लेखिन्छ ।
केही भाषामा बृहदाक्षरको प्रयोग गरिने स्थितिमा पनि एलेफेनमा लघ्वक्षरकै प्रयोग गरिन्छ :
कुनै शब्दको हिज्जे वाचन गर्दा वा सामान्य रूपमा एलेफेन वर्णमालाको वाचन गर्दा निम्न शब्दांश वा लगभग उस्तै तरिकाले उच्चारण गरिने नेपालीमा अनुपस्थित शब्दांशको प्रयोग गरिन्छ :
यी नाम हुन् र यिनीहरूलाई बहुवचन बनाउन सकिन्छ : as, bes, efes.
लेख्दाखेरि अक्षरको एकल रूपलाई बृहदाक्षरमा प्रस्तुत गर्न सकिन्छ र बहुवचन मा -s प्रत्यय लगाउन सकिन्छ :
A, E, I, O र U लाई स्पेनिया भाषामा जस्तै गरी उच्चारण गरिन्छ ।
दुइटा स्वरवर्णलाई क्रमशः प्रयोग गर्दा ती स्वरवर्णलाई छुट्टाछुट्टै उच्चारण गरिन्छ ।
यद्यपि, क्रममा दोस्रो स्वरवर्ण I वा U हो भन्ने त्यसले एउटा सन्ध्यक्षर बनाउँछ :
| AI | [aj] | “सोसाइटी” को “आइ” जस्तो उच्चारण | pais | 
| AU | [aw] | “साउन” को “आउ” जस्तो उच्चारण | auto | 
| EU | [ew] | “देउता” को “एउ” जस्तो उच्चारण | euro | 
| OI | [oj] | “पोइ” को “ओइ” जस्तो उच्चारण | seluloide | 
उपसर्गको प्रयोग गरेर सन्ध्यक्षर बन्दैन : reuni [re-uni], supraindise [supra-indise] । समान कारणले गर्दा केही अन्य शब्दहरूमा पनि दुइटा भिन्न शब्दांशको उच्चारण गरिन्छ : egoiste [ego-iste], proibi [pro-ibi] । त्यस्ता शब्दलाई शब्दकोशमा सङ्केत गरिएको हुन्छ, जस्तै — “proibi” (o-i) ।
EI को प्रयोग पनि थोरै नै हुन्छ । उक्त स्वरानुक्रमलाई भिन्न स्वरका रूपमा उच्चारण गरिन्छ : ateiste [ate-iste], feida [fe-ida], reinventa [re-inventa] । तथापि, यसरी भिन्न स्वरको उच्चारण गर्न गाह्रो मान्ने व्यक्तिहरूले यस स्वरानुक्रमलाई [ej] वा [e] को रूपमा पनि उच्चारण गर्न सक्छन् ।
जब I वा U लाई कुनै स्वरवर्णको अगाडि प्रयोग गरिन्छ, तब निम्न अवसरहरूमा त्यसलाई अङ्ग्रेजी Y वा W को रूपमा उच्चारण गरिन्छ :
अन्य अवसरहरूमा I र U लाई पूर्ण स्वरको रूपमा नै उच्चारण गरिन्छ, जस्तै — emosia, abitual, plia ।
सन्ध्यक्षरका उचित उच्चारणका लागि यी नियम बनाइए पनि यिनको पालनामा खासै जोड दिइँदैन ।
निम्न अक्षर एलेफेनमा व्यञ्जनवर्ण हुन् :
| B | [b] | ब | ओष्ठ्य, स्पर्शी, सघोष, अल्पप्राण व्यञ्जनवर्ण | bebe | 
| C | [k] | क | कण्ठ्य, स्पर्शी, अघोष, अल्पप्राण व्यञ्जनवर्ण | clica | 
| D | [d] | द | दन्त्य, स्पर्शी, अघोष, अल्पप्राण व्यञ्जनवर्ण | donada | 
| F | [f] | फ | दन्त्योष्ठ्य, स्पर्शी, अघोष, महाप्राण व्यञ्जनवर्ण | fotografi | 
| G | [g] | ग | कण्ठ्य, स्पर्शी, अघोष, अल्पप्राण व्यञ्जनवर्ण | garga | 
| H | [h] | ह | कण्ठ्य, सङ्घर्षी, सघोष, महाप्राण व्यञ्जनवर्ण | haicu | 
| J | [ʒ] | ज (फ्रेन्च उच्चारण) | तालव्य, सङ्घर्षी, सघोष, अल्पप्राण व्यञ्जनवर्ण | jeolojia | 
| L | [l] | ल | दन्त्य, स्पर्शी, सघोष, अल्पप्राण व्यञ्जनवर्ण | lingual | 
| M | [m] | म | ओष्ठ्य, अनुनासिक, सघोष, अल्पप्राण व्यञ्जनवर्ण | mesma | 
| N | [n] | न | दन्त्य, अनुनासिक, सघोष, अल्पप्राण व्यञ्जनवर्ण | negante | 
| P | [p] | प | ओष्ठ्य, स्पर्शी, अघोष, अल्पप्राण व्यञ्जनवर्ण | paper | 
| R | [r] | र | मूर्धन्य, अन्तःस्थ, सघोष, अल्पप्राण व्यञ्जनवर्ण | rubarbo | 
| S | [s] | स | दन्त्य, सङ्घर्षी, अघोष, महाप्राण व्यञ्जनवर्ण | sistemes | 
| T | [t] | त | दन्त्य, स्पर्शी, अघोष, अल्पप्राण व्यञ्जनवर्ण | tota | 
| V | [v] | व | दन्त्योष्ठ्य, अन्तःस्थ, सघोष, अल्पप्राण व्यञ्जनवर्ण | vivosa | 
| X | [ʃ] | श | तालव्य, सङ्घर्षी, अघोष, महाप्राण व्यञ्जनवर्ण | xuxa | 
| Z | [z] | ‘ज’ र ‘झ’ को बिच | दन्त्य, सङ्घर्षी, सघोष, अल्पप्राण व्यञ्जनवर्ण | zezea | 
निम्नलिखित बुँदाहरूमा ध्यान दिनुहोस् :
केही वक्तालाई केही व्यञ्जनवर्णको उच्चारणमा विभिन्न प्रकारका समस्या हुने भएकाले एलेफेनको उच्चारणमा निम्न विविधतालाई स्विकारिएको छ :
कुनै पनि शब्दमा गैर-एलेफेन वर्णको प्रयोग गरिएको छ भने तिनलाई निम्न प्रकारले उच्चारण गरिन्छ :
| K | [k] | क | 
| Q | [k] | क | 
| W | [u] o [w] | उ / ऊ / व | 
| Y | [i] o [j] | इ / ई / य | 
एकभन्दा बढी स्वरवर्ण रहेको शब्दमा एउटा स्वरवर्णमा अर्कोभन्दा बढी स्वराघात हुन्छ । निम्न भागमा स्वराघात भएका स्वरवर्ण चिनाउन सो वर्णलाई रेखाङ्कित गरिएको छ ।
सामान्यतया शब्दको उपान्त अंशमा स्वराघात हुन्छ :
शब्दमा प्रत्यय जोड्दा स्वराघातमा परिवर्तन हुन सक्छ :
यद्यपि, शब्दलाई बहुवचन बनाउने -s प्रत्यय जोड्दा स्वराघातमा कुनै परिवर्तन हुँदैन :
स्वराघातको स्थितिमा सन्ध्यक्षरका I वा U लाई व्यञ्जनवर्ण झैँ व्यवहार गरिन्छ :
अन्तिम व्यञ्जनवर्णको अगाडि कुनै स्वरवर्णको प्रयोग गरिएको छैन भने पहिलो स्वरवर्णमा स्वराघात हुन्छ :
केही शब्दहरूमा अन्तिम व्यञ्जनवर्णको पछाडि पनि एकभन्दा बढी स्वरवर्णको प्रयोग गरिन्छ । ती स्वरवर्ण IA, IE, IO, UA, UE वा UO हुन् भने अन्तिम व्यञ्जनवर्णको अगाडि रहेको स्वरवर्णमा नै स्वराघात हुन्छ :
यद्यपि, अन्त्यमा प्रयोग भएका स्वरवर्णहरू AE, AO, EA, EO, OA, OE वा UI हुन् भने उक्त स्वरवर्णको जोडीको पहिलो स्वरवर्णमा स्वराघात हुन्छ :
तर अर्को नियमले गर्दा estingui र vacui मा U लाई अर्धस्वर मानिन्छ ।
Ala, asi, agu, ami, enemi, perce, alo, oce र ura मा धेरैजसो उपान्तमा भन्दा पनि अन्तिम स्वरवर्णमा जोड दिइन्छ । दुवै उच्चारणलाई स्विकारिन्छ ।
Media-dia र para-rio जस्ता समासमा दोस्रो भागको स्वराघातलाई कायम राखिन्छ ।
एलेफेनमा शब्द उच्चारण गरिने सुरले शब्दको अर्थमा कुनै परिवर्तन हुँदैन । यद्यपि, वाक्यको अन्त्यमा सुरको उच्चताले प्रश्नको सङ्केत गर्छ :
एलेफेनमा सामान्य शब्दरचनालाई निश्चित नियमहरूले नियन्त्रण बाँध्छ ।
Reenvia र coopera जस्ता शब्दहरूमा झैँ उपसर्गको प्रयोग गरेर दोहोरिएको स्थितिमा मात्रै एउटै स्वरवर्णलाई क्रमशः प्रयोग गर्न सकिन्छ । यस्ता स्थितिमा दुवै स्वरवर्णलाई छुट्टाछुट्टै उच्चारण गरिन्छ ।
ou स्वरानुक्रमलाई सामान्यतया स्विकारिँदैन ।
प्रत्यय जोड्दा एलेफेनमा अस्वीकृत स्वरानुक्रम बन्छ भने उक्त स्वरानुक्रमको दोस्रो स्वरवर्णलाई हटाइन्छ :
शब्दांशको सुरुमा निम्नलिखित २२ व्यञ्जन समूहलाई मात्र प्रयोग गर्न मिल्छ :
शब्दांशको अन्त्यमा निम्नलिखित व्यञ्जनवर्णलाई मात्र प्रयोग गर्न मिल्छ र तिनीहरूको अगाडि एउटा स्वरवर्ण हुनुपर्छ :
शब्दहरूको बिचमा रहेको व्यञ्जन समूहलाई दुइटा स्वीकृत व्यञ्जन समूहमा छुट्ट्याउन सकिन्छ भने त्यसलाई स्विकारिन्छ :
व्यक्तिवाचक नाम, पारिभाषिक शब्द, अन्तर्राष्ट्रिय शब्द र सांस्कृतिक शब्दमा यी नियमहरूको पालना नगर्न पनि सकिन्छ ।
  Esta paje es presentada con la lisensa CC Attribution-Share Alike 4.0 International.
  Lo ia es automata jenerada de la paje corespondente en la Vici de Elefen a 9 otobre 2025 (15:11 UTC).