प्रश्न
  एलेफेनमा तीन प्रकारका प्रश्नहरू हुन्छन् : “हो” वा “होइन” भनी उत्तर दिन सकिने, विभिन्न सम्भावित उत्तरहरू हुने र उत्तरका रूपमा निश्चित जानकारीको अपेक्षा गर्ने ।
  यसबाहेक प्रश्नहरू प्रत्यक्ष (“तिमी कता जाँदै छौ ?”) वा अप्रत्यक्ष (“मैले तिमी कता जाँदै छौ भनी प्रश्न गरेँ”, “म को हुँ भन्ने मलाई थाहा छैन”) हुन सक्छन् । प्रत्यक्ष प्रश्नहरूको अन्त्यमा प्रश्नवाचक चिह्न (?) लगाइन्छ ।
हो / होइन प्रश्न
  वाक्यको सुरुवातमा esce थपेर त्यसलाई हो / होइन प्रश्नमा परिणत गर्न सकिन्छ :
  - Esce tu parla deutx? – के तपाईँ जर्मन बोल्नुहुन्छ ?
  
- Esce tu ia come la salada? – के तैले सलाद खाइस् ?
  प्रश्न बनाउने अन्य दुई तरिका छन् । बोलेको बेलामा सम्भावना प्रस्तुत गर्ने वा समर्थन माग्ने किसिमको प्रश्न छ भने वाक्यको अन्त्यमा si? वा no? थप्दा हुन्छ । यसबाहेक सरल प्रश्नका लागि वाक्यको अन्त्यमा स्वराघात गर्न सकिन्छ :
  - Tu ia come la salada, si?
  
- Tu ia come la salada, no?
  
- Tu ia come, si?
  
- Nos es perdeda, no?
  
- Vos comprende?
  हो / होइन प्रश्नको जबाफ si (“हो”) र no (“होइन”) हुन्छ । Si ले प्रश्नमा प्रस्तुत गरिएको सम्भावना सत्य हो भन्ने बुझाउँछ भने no ले सो सम्भावना गलत हो भन्ने बुझाउँछ :
  - Tu desira bir? – तिमी बियर लिन्छौ ?
  
    - Si, per favore. – हजुर, कृपया । (म बियर लिन्छु)
    
- No, grasias. – नाइँ, धन्यवाद । (म बियर लिँदिनँ)
  
 
  प्रश्न अकरण भएको भए पनि so र no ले प्रश्न करण भएको बेला जे अर्थ दिन्थे, त्यही अर्थ दिन्छन् । यद्यपि, यसो गर्दा अर्थ अस्पष्ट हुन सक्ने भएकाले उत्तरको रूपमा पूरा वाक्य भन्न सकिन्छ :
  - Tu no desira bir? – तिमी बियर लिँदैनौ ?
  
    - Si. – हजुर । (म बियर लिन्छु))
    
- No. – नाइँ । (म बियर लिँदिनँ)
    
- Si, me desira bir. – हजुर, म बियर लिन्छु ।
    
- No, me no desira bir. – नाइँ, म बियर लिँदिनँ ।
  
 
वैकल्पिक प्रश्न
  वैकल्पिक प्रश्नद्वारा श्रोतालाई विभिन्न विकल्पमध्ये एक विकल्पको छनोट गर्न लगाइन्छ । ती विकल्पलाई सामान्यतया o संयोजकको प्रयोग गरी सूचीबद्ध रूपमा प्रस्तुत गरिन्छ :
  - Tu desira te, cafe, o bir? – तपाईँ चिया लिनुहुन्छ कि कफी कि बियर ?
  
    - Cafe, per favore. – कफी, कृपया ।
  
 
- Tu ia veni par auto, o par bisicle, o tu ia pasea? – तिमी कर्म आयौ कि साइकलमा आयौ कि हिँडेर आयौ ?
  
    - Par auto, probable. – कारमा, सायद ।
  
 
अन्य प्रश्न
  अन्य प्रश्नमा cual, ci, cuando, como, do र perce जस्ता निर्धारक, सर्वनाम वा क्रियाविशेषणको प्रयोग गरिन्छ । प्रश्नवाचक शब्दलाई सामान्यतया वाक्यको सुरुवातमा राखिए पनि सो प्रश्नको उत्तर आउने ठाउँमा पनि राख्न सकिन्छ :
  - Cua es acel musica fea? = Acel musica fea es cua? – के हो यस्तो कटु सङ्गीत ?
  
- Cua tu ia trova en la sutera? = Tu ia trova cua en la sutera? – तपाईंले तहखानेमा के पाउनुभयो ?
  
- Con cua tu come la salada? = Tu come la salada con cua? – तँ कोसँग सलाद खान्छेस् ?
  
- Ci es tua autor prefereda? = Tua autor prefereda es ci? – तिमीले रुचाउने लेखक को हो ?
  
- A ci tu ia dona la clave? = Tu ia dona la clave a ci? – तिमीले कसलाई साँचो दिन्छौ ?
  
- Cual libro tu leje? = Tu leje cual libro? – तिमी कुन किताब पढ्दै छौ ?
  
- Cual de la libros tu ia prefere? = Tu ia prefere cual de la libros? – तपाई कुन पुस्तकलाई मन पराउनुहुन्छ ?
  
- Cual force tu usa per come la salada? = Tu usa cual force per come la salada? – तँ सलाद खान कुन काँटा चलाउँछस् ?
  
- Con cual force tu come la salada? = Tu come la salada con cual force? – तँ कुन काँटाले सलाद खान्छेस् ?
  
- Cuando tu dormi? = Tu dormi cuando? – तपाईँ कहिले सुत्नुहुन्छ ?
  
- Cuanto tu ia paia? = Tu ia paia cuanto? – तिमीले कति तिर्यौ ?
  
- Como vos ia evade? = Vos ia evade como? – तिमीले कसरी पलायन गर्यौ ?
  
- Do nos es? = Do es nos? = Nos es do? – हामी कता छौँ ?
  
- Perce tu core? = Tu core perce? – तिमी किन दौडदै छौ ?
  
- Como rapida tu pote come la salada? = Tu pote come la salada como rapida? – तँ कति छिटो सलाद खान सक्छस् ?
कथित प्रश्न
  कथित प्रश्न वा अप्रत्यक्ष प्रश्नलाई नामिक उपवाक्यको रूपमा प्रस्तुत गरिन्छ, जसमा प्रत्यक्ष प्रश्नको तद्रूप शब्दावली तथा उही कालमा प्रश्न सोधिएको हुन्छ । कथित प्रश्नमा प्रश्नवाचक शब्दलाई जहिले पनि अधीन उपवाक्यको सुरुवातमा राखिन्छ :
  - Vos va demanda: “Ci tu ia vide?”  →  Vos va demanda ci me ia vide.
  
    - तिमीले सोध्ने छौ, “तिमीले कसलाई देख्यौ ?”  →  तिमीले मैले कसलाई देखेँ भनेर सोध्ने छौ ।
  
 
- Me no recorda: “A ci me ia parla?”  →  Me no recorda a ci me ia parla.
  
    - मलाई याद छैन, “म कोसँग बोलेँ ?”  →  म कोसँग बोलेँ भनेर मलाई याद छैन ।
  
 
- Los no sabe: “Cua nos va fa?”  →  Los no sabe cua los va fa.
  
    - उनीहरूलाई थाहा छैन, “हामी के गर्न लागेका छौँ ?”  →  उनीहरू के गर्न लागेका छन् भनेर उनीहरूलाई थाहा छैन ।
  
 
- Tu demanda: “Cual libros vos ia compra?”  →  Tu demanda cual libros nos ia compra.
  
    - तपाईं सोध्नुहोस्: “तपाईंले कुन पुस्तकहरू किन्नुभयो?”  →  तपाइँ कुन किन्नुभयो भनेर सोध्नुहोस्।
  
 
- Me vide: “Do me va senta?”  →  Me vide do me va senta.
  
    - मैले देखेँ, “म कहाँ बस्ने छु ?”  →  म कहाँ बस्ने छु भनेर मैले देखेँ ।
  
 
- Me no ia sabe: “Cuando nos va parti?”  →  Me no ia sabe cuando nos va parti.
  
    - मलाई थाहा थिएन, “हामी कहिले जाने छौँ ?”  →  हामी कहिले जाने थियौँ भन्ने मलाई थाहा थिएन ।
  
 
  हो / होइन प्रश्नको उक्तिपरिवर्तन गर्दा जहिले esce को प्रयोग गरिन्छ :
  - El no sabe: “Esce los ia parti?”  →  El no sabe esce los ia parti.
  
    - उसलाई थाहा छैन, “के हामी गयौँ ?”  →  हामी गयौँ कि गएनौँ भन्ने उसलाई थाहा छैन ।
  
 
- El ia demanda: “Esce tu pote aida?”  →  El ia demanda esce me pote aida.
  
    - उसले सोध्यो, “के तिमी सहयोग गर्न सक्छौ ?”  →  उसले मैले सहयोग गर्न सक्छु कि सक्दिनँ भनी सोध्यो ।
  
 
  कहिलेकाहीँ कथित प्रश्न र सम्बन्धवाचक उपवाक्यबिच भिन्नता एकदमै सूक्ष्म हुन्छ :
  - Me ia descovre cua ia es en la caxa. –  मैले बाकसमा के थियो भनेर पत्ता लगाएँ । (कथित प्रश्न)
  
- Me ia descovre lo cual ia es en la caxa. – मैले बाकसमा के थियो भनेर पत्ता लगाएँ । (सम्बन्धवाचक उपवाक्य)
  पहिलो उदाहरणमा मैले बाकसमा रहेको कुरालाई आफैँले नदेखे पनि त्यसको पहिचान थाहा पाएँ भने दोस्रो उदाहरणमा मैले आफैँ नै बाकसमा रहेको कुरा पत्ता लगाएँ ।